🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसियाडमा नेपालको भद्रगोल : छानविन गर

काठमाडौं । इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुद (एसियाड) मा नेपालले एउटा रजत पदक जितेको छ । पछिल्ला तीन संस्करणमा कास्यमै सीमित भएको नेपालले यसपटक रजत पदक जितेर कीर्तिमान रच्यो । त्यो पनि पहिलो पटक एसियाडमा समावेश भएको प्याराग्लाइडिङबाट । २० वर्षपछि नेपालले हासिल गरेको सफलता अंकगणितीय हिसाबले ठूलो भएतापनि निरन्तर मार्सल आर्टले देखाउँदै आएको साख ‘शून्य’ मा झरेको छ । 

नेपाली राष्ट्रिय खेल कुन खेललाई बनाउने भन्ने बहस लामो समय चल्दा नेपाली मार्सल आर्टवालाहरू भन्ने गर्थे–‘विश्वमानचित्रमा नेपाललाई चिनाएको मार्सल आर्ट हो । पदक ल्याउने मार्सल आर्ट हो । त्यसैले मार्सल आर्टलाई नै राष्ट्रिय खेल बनाउनु पर्छ ।’

अब त्यसो भन्ने दिन पनि बिर्को लागे । मार्सल आर्टका युग पनि सकियो । यसमा गल्ती खेलाडीको हैन । गल्ती व्यवस्थापनको हो, भन्छन् खेलाडीहरू । उनीहरूको तर्क छ ‘‘सही व्यवस्थापन नभएपछि खेलाडीहरूले भनेको गर्न सकेनन् ।’’ राष्ट्रिय खेलकुद परिषदका एकजना कराँते प्रशिक्षकले भने, ‘२–४ महिनाको ट्रेनिङका भरमा खेलाडीलाई उतार्नु पर्छ अनि कसरी आउँछ त पदकर देशको इज्जत रहन्छ ?’

मार्सल आर्टले वैदेशिक प्रशिक्षणको अवसर पनि पाएकै हो । तर त्यसलाई सदुपयोग गर्न सकेन । तेक्वान्दोबाट सन् १९९८ मा सविता राजभण्डारीले नेपाललाई पहिलो रजत पदक दिलाएकी थिइन् । त्यही पदक नै नेपालका लागि ठूलो थियो । अहिले प्याराग्लाइडिङले रजत पदक दिलायो । तर तेक्वान्दोको साख भने घट्यो । 

नेपालको कमजोर उपीसथतिमा परिषदका पदाधिकारीको मत भने बेग्दै छ । उनी भन्छन्, ‘खेलाडीहरू विदेशमा प्रशिक्षण लिन जान्छन् कि घुम्न मैले बुझ्न सकेको छैन । प्रशिक्षण लिने भए त केही न केही त प्रदर्शन राम्रो हुन्थ्यो । खेलमा जित हार हुन्छ नै, तर हारको अगाडि जित हुन्छ भन्दै कहिलेसम्म हारेर फर्किने ?’

इन्डोनेसियामा नेपालको खेल, खेलाडी व्यवस्थापन भद्रगोल नै भयो । अनुशासनहीनताको पराकाष्ट देखियो । कुनै खेलाडीले प्रतिस्पर्धामा उत्रिनै पाएनन् । कुनै खेलाडी जानकारी बिना नै खेल्न गएनन् । कुनै व्यवस्थापक खोजेको बेलामा भेटिएनन् ।

व्यवस्थापक खेल र खेलाडीको सही ब्यवस्थापनमाभन्दा घुम्न, रम्झम गर्नमै ब्यस्त । व्यवस्थापकको काम खेलाडीलाई लिएर  गएपछि नेपालमा फर्केर परिवारको जिम्मा नलगाएसम्म सकिंदैन । तर कहिले प्रशिक्षक हराउने र कहिले खेलाडीहराउेन रोगले पीडित बन्यो नेपाल । यसको छानबिन भएन भने विकृतिको जरो अझै खेल क्यान्सरको रुपमा फैलिने छ । 

जुडोमा त नेपाली टोलीका अफिसियलबीच नै विवाद भएको खबर आयो । नेपाली टोलीलाई एसियाडमा प्रशिक्षण गराएकी देवु थापा र रोमानियाका विदेशी प्रशिक्षक डानटेलेरियाबीचको असमझदारी बढ्दा पदक नजिक पुगेर पनि खेलाडी चुक्नु परेको आरोप टिम म्यानेजर सुरज डोटेलको दावी छ । देवु र टेलेरियाबीच झगडा नै परेको थियो । प्रशिक्षण जति देवुले गराउने अनि अन्तिम समयमा विदेशी प्रशिक्षकलाई बक्समा बसाएपछि देवु रिसाएकी हुन् ।

उसुकै खेलाडी वीरमान लामा नेपालमा रहँदा नै घाइते थिए । उनको विकल्प खोजिएन । उनी उसु टोली चीन जाँदा घाइते भएकै कारणले प्रशिक्षण लिन गएनन् । तर जकार्तामा देखिए । आफ्नो इभेन्टमा उनले प्रतिस्पर्धा गर्न नै मानेनन् । यो कमजोरी कसको ? खेलकुद मन्त्री र सदस्यासचिवले जनतालाई जवाफ दिनु पर्छ । 

उसु संघका अध्यक्ष राखेपका सदस्यसचिव केशवकुमार विष्ट हुन् । तर, उनी आफैलाई जानकारी नभएको भनेर तर्किरहेका छन् । टेनिसमा चार खेलाडीको नाम खेलकुद परिषदको लिष्टमा थियो । इन्डोनेसियामा ६ खेलाडी कसरी पुगे, यो पदको दुरुपयोग र चरम लापरवाही हो कि होइन ?
 खेलकुद स्रोत भन्छ, स्केटिङमा पनि त्यस्तै भद्रगोल भयो ।

नेपालबाट एकजना प्रशिक्षक जाने भन्ने निर्णय भएको थियो तर इन्डोनेसियामा अर्कै प्रशिक्षकको नाम समावेश भएको पाइयो । एथलेटिक्समा नेपाली टेक्निकल टोलीको गम्भीर लापरबाहीका कारण विश्वरूपा बुढाले १० हजार मिटर दौडबाट वञ्चित हुनुप¥यो । बुढालाई अन्तिम समयमा आयोजकले ‘लेट इन्ट्री’को कारण देखाउँदै ट्रयाक प्रवेशमा रोकै लगाए । सोमबहादुर कुमाले ४ सय मिटर दौडमा दौडिन पाएनन् । दौडिने लिष्टमा उनको नामै थिएन । 

अस्वस्थ भएको जनाउँदै यामसाजन सुनार त ट्रयाकमा नउत्रिइ सीधै काठमाडौं फर्किए । म्याराथन धावकहरू गोपीचन्द्र पार्की र कृष्णबहादुर बस्नेतले बीचमै दौड त्यागे । कुन ठाउँको कस्तो तापक्रम छ भन्नेसमेत हेक्का नगरी अभ्यास गराउने प्रशिक्षक र त्यसको व्यवस्थापन नगर्ने म्यानेजरलाई कार्वाही गर्नुपर्ने देखिएको छ । 

यस्तै थुप्रै विकृतिविसंतिको भारी बोकेर नेपाली टोली इन्डोनेसियाबाट फर्किएको छ । तर, यसको गहन छानबिन भएन भने फेरि अर्को विकृतिले जरो गाड्ने भन्दै नेपाली खेलाडी टोलीले गरेको प्रदर्शन र राज्यको खर्च दोहनको विषयलाई लिएर छानबिन गर्न माग उठिसकेको छ । 

खेल चाहिं जम्मा २९ वटा । आधा बढीले राष्ट्रिय प्रतियोगिता नगरीकनै खेलाडी छाने । आफ्नालाई छाने । १८५ खेलाडीले प्रतिस्पर्धा गरे । पदक एउटा आयो । राष्ट्रको ढिकुटीको दुरुपयोग गर्दै पदाधिकारी लाबालस्कर लागेर गए । ओलम्पिकका कतिपय पदाधिकारी त आफ्नो खेल संघ नहुँदा पनि गए । एसियाडका बारेमा सरकारले तत्कालै छानबिन नगर्ने हो भने कडा विद्रोह गरेर मुद्दा हाल्ने एकजना असन्तुष्ट खेलकुद परिषदका प्रशिक्षकले चेतावनी दिएका छन् ।