🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चार नयाँ अनुहारसहित यू १९ क्रिकेट टोलीको घोषणा 

काठमाडौं । आगामी जुलाई २ तारिखदेखि मलेसियामा आयोजना हुने एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । प्रतियोगिताको लागि चार नयाँ अनुहारसहित रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरिएको हो । 

खड्क बोहोरा, तिलक भण्डारी, विशाल बिक्रम केसी र लोकेश बमले पहिलो पटक टिममा स्थान बनाएका हुन् । अन्य खेलाडीहरुमा रित गौतम, पवन सर्राफ, भीम सार्की, 
कुशल मल्ल, रशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, हरिबहादुर चौहान र प्रतिष जिसी रहेका छन् । 

प्रतियोगिताको समूह ए मा रहको नेपालले पहिलो खेलमा जुलाई २ मा म्यानमारसंग खेल्नेछ । दोस्रो खेलमा जुलाई ५ मा सिंगापुर र अन्तिम खेलमा जुलाई ६ मा चीनसंग खेल्नेछ ।

अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड रहेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।