🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

म्यानचेस्टर सिटी सबैभन्दा मूल्यवान टिम, टप १० मा को-को छन् ?

काठमाडौं, ६ माघ ।  म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मूल्यवान टिम बनेको छ ।

फुटबल बेन्चमार्कले सार्बजनिक गरेको युरोपियन फुटबल क्लबहरुको बार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटीको अहिलेको टिम विश्वको सबैभन्दा बढी मूल्यको रहेको हो ।

यस रिपोर्टमा २०२३ मा युरोपका टप पाँच लिगमा क्लबहरुले खेलाडी ट्रान्सफरमा १.१ बिलियन युरो खर्च गरेका छन् । म्यानचेस्टर सिटीको टिमको अहिलेको बजार मूल्य १४१४ मिलियन युरो रहेको छ । जुन अघिल्लो बर्षको भन्दा ९ प्रतिशतले बढी हो ।

त्यस्तै यस सूचीमा दोस्रो स्थानमा फ्रेन्च च्याम्पियन पीएसजी रहेको छ । पिएसजीको टिमको बजार मूल्य ११५२ मिलियन युरो गरेको छ, जुन अघिल्लो बर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।

त्यसैगरी यस सूचीमा तेस्रो स्थानमा रियल म्याड्रिड रहेको छ । रियल म्याड्रिडको टिमको बजार मूल्य ११५२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।

त्यसैगरी जर्मनी क्लब बायर्न म्युनिख यस सूचीमा चौथो स्थानमा रहेको छ । बायर्नको टिमको बजार मूल्य १०२३ मिलियन युरो रहेको छ । बायर्नको बजार मूल्य अघिल्लो बर्षको तुलनामा २ प्रतिशतले घटेको छ ।

त्यस्तै स्पेनिस क्लब बार्सिलोना यस सूचीमा पाँचौं स्थानमा रहेको छ । बार्सिलोनाको टिमको अहिलेको बजार मूल्य अघिल्लो बर्षको तुलनामा एक प्रतिशतले कम १००५ मिलियन युरो रहेको छ ।

यस सूचीमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा छ र यसको टिमको बजार मूल्य ९६६ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।

त्यसैगरी यस सूचीमा इटालियन क्लब नापोली सातौं स्थानमा रहेको छ । नापोलीको टिमको बजार मूल्य ६८२ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ९ प्रतिशतले बढी हो ।

त्यसैगरी यस सूचीमा आठौँ स्थानमा जर्मनी क्लब बोरुसिया डोर्टमण्ड रहेको छ । डोर्टमण्डको टिमको बजार मूल्य ६०९ मिलियन रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ३ प्रतिशत कम हो ।

त्यस्तै यस सूचीमा नवौं स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ । युभेन्टसको अहिलेको टिमको बजार मूल्य ४६५ मिलियन युरो रहेको छ, जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले कम हो ।

त्यस्तै यस सूचीमा दशौँ स्थानमा पोर्चुगलको क्लब बेनिफिका रहेको छ । बेनिफिकाको अहिलेको टिमको बजार मूल्य ४१७ मिलियन युरो रहेको छ जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।