🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश 

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । 

विहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । पहिले बलिङ गरेको नेपालले ११.४ ओभरमै मलेसियाले दिएको ९१ रनको लक्ष्य पुरा पर्यो । नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको बनाउँदै जितसम्म पु¥याए भने शिवान्स बजगाईं २३ रनका अविजित रहे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाएका थिए । बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । शुभम खनालले ३, कप्तान विपीन शर्मा र सचिव भट्टले एकएक विकेट लिएका थिए । अव नेपालले फाइनलमा हङकङ र सिंगापुरसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।