🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शुभम गिलको आम्दानी २ करोड बढेर अब ७ कराेड हुने पक्का

काठमाडौं, ११ बैशाख । भारतीय क्रिकेटका उदीयमान स्टार शुभमन गिललाई बीसीसीआईले हिजो ठूलो जिम्मेवारी दियो  ।

उनलाई हिजो टेस्ट टिमको नयाँ कप्तान बनाएर ठूलो जिम्मेवारी दिएको हो । उनले इंग्ल्यान्ड भ्रमणका लागि टीम इन्डियाको नेतृत्व सम्हाल्ने छन्, जहाँ दुई टोलीबीच ५ वटा टेस्ट खेल हुनेछन् ।

विश्व टेस्ट च्याम्पियनसिप २०२५–२७ चक्र यस शृङ्खलाबाट सुरु हुनेछ । यस्तो अवस्थामा जिम्मेवारीसँगै शुभमन गिलको आम्दानी पनि बढ्ने् जनाइएको छ। उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विशेष उपहार पनि दिन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

शुभमन गिल हाल बीसीसीआईको केन्द्रीय सम्झौताको ए ग्रेड सूचीमा पर्ने देखिएका छन किनभने आगामी केन्द्रीय सम्झौता अनुसार उनले बढुवा पाउने लगभग पक्का देखिएको छ । गिलको कप्तानी र लगातार प्रदर्शनलाई ध्यानमा राख्दै उनलाई अर्को बीसीसीआई केन्द्रीय अनुबन्धमा ए ग्रेडमा बढुवा गर्न सकिन्छ । 

यदि यस्तो भयो भने उनले वार्षिक रूपमा ७ करोड भारतीय रुपैयाँ पाउनेछन्, जुन उनको करियरको लागि ठूलो इनाम हुनेछ । हाल उनले बीसीसीआईबाट वार्षिक ५ करोड रुपैयाँ पाईरहेका छन । तर, टेस्ट कप्तान बने पछि उनको थप जिम्मेवारी र महत्व बढेको छ ।

खासमा ए प्लस ग्रेडमा समावेश भएका खेलाडीहरूले वार्षिक ७ करोड रुपैयाँ पाउँछन् र यो ग्रेड सामान्यतया ती खेलाडीहरूको लागि आरक्षित हुन्छ, जसले सबै ढाँचामा नियमित खेल्न सक्छन वा टोलीमा असाधारण योगदान दिन सक्छन् । हाल रोहित शर्मा, विराट कोहली, रविन्द्र जडेजा र जसप्रित बुमराह ए प्लस ग्रेडका खेलाडीको रूपमा रहेका छन् ।

तर रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले अब तीनवटै फर्म्याट खेल्ने छैनन् । यस्तो अवस्थामा आगामी केन्द्रीय सम्झौताका लागि यी खेलाडीको डिमोसन निश्चित छ, जसले गिललाई फाइदा पुग्ने विश्वास गरिएको छ ।