🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बुढासुब्बा गोल्डकप : फाइनलमा पुग्न एनआरटी र काँकडभिट्टा भिड्दै

विराटनगर । सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा आज काँकडभिट्टा ट्रेनिङ सेन्टर र न्युरोड टिम (एनआरटी) बीच खेल हुँदैछ ।

एनआरटी त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो । काँकडभिट्टा ट्रेनिङ सेन्टरले झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइज प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।

यसैगरी, हिजो भएको पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लबलाई हराउँदै एन्फा मोरङले फाइनलमा स्थान पक्का गरेको हो । मोरङले पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले धरानलाई हराएको थियो ।

प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ । उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।