🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओलीको प्रतिवेदन सार्वजनिक : ‘एकता र एकीकरणका लागि ९ सदस्यीय कार्यदल गठन गर्ने निर्णय ‘

काठमाडौं, पुस १३ । नेकपा अध्यक्ष केपी ओलीले आफ्नो राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका छन् । चौतर्फी आलोचनाका कारण ओलीले आफ्नो राजनीतिक प्रतिवेदन सार्वजनिक गर्न सकेका थिएनन् । २०७५ मङ्सिर २९ मा आरम्भ भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज तेस्रो बैठक सम्पन्न भएको छ । 

बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा छलफलका क्रममा उठेका विषयहरुमा अध्यक्षद्वय केपी शर्मा ओली र कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए ।  प्रतिवेदन उपरको छलफल सकिएपछि अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा निर्णयार्थ प्रस्तावहरु प्रस्तुत गरेका थिए । 

बैठकले छलफलका क्रममा व्यक्त भएका उपयुक्त विचारहरुलाई समेट्ने गरी सर्वसम्मतिका साथ राजनीतिक प्रतिवेदन पारित गरेको छ । त्यसैगरी, संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गृहकार्य गरी प्रस्ताव तयार गर्न रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, शंकर पोख्रेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठलगायतका ९ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।