काठमाडौं । काठमाडौंमा जारी टी–२० विश्वकप छनोटको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल र मलेसियाबीचको खेलमा गुल्सन झाले नेपालाई पाचौं विकेटको सफलता दिलाएका छन् ।
१५ ओभरको चौथो बलमा मलेसियाका सईद अजिजलाई आउट गराउँदै गुल्सनले नेपाललाई पाचौं सफलता दिलाएका हुन् ।
मलेसियाले १५ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर १२५ रन जोडेको छ ।



