🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सन्दीप लामिछानेले नेपाललाई दिलाए तेस्रो सफलता

काठमाडौं । काठमाडौंमा जाारी टी–२० विश्वकप छनोट खेलमा नेपाल र मलेसियाबीच खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको हो । 

११ ओभरको पहिलो बलमा मलेसियाका विरनदीप सिंहलाई आउट गराउँदै सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । 

यसअघि अबिनाश बोहराले पाँचौं ओभरमा नेपालका लागि पहिलो विकेट लिएका थिए । ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए ।

मलेसियाले ७ ओभरमा दोस्रो विकेट गुमायो ।  सातौँ ओभरको छैटौँ बलमा दोस्रो रन लिने क्रममा कप्तान अहमद फैज रनआउट भए । 

सन्दीप जोराको शानदार फिल्डिङबीच विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए । यो समाचार तयार पर्दासम्म मलेसियाले १२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९३ रन जोडेको छ ।