🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युरोकप खेल्ने स्पेनको टिमको घोषणा

काठमाडौँ । स्पेनले युरोकप खेल्ने अन्तिम टिमको घोषणा गरेको छ । प्रशिक्षक लुइस डी ला फुएन्टेले युवा र अनुभवी खेलाडीलाई समेट्दै युरोकप खेल्ने २६ खेलाडीको घोषणा गरेका हुन् ।

स्पेनले युरोकपमा युवा प्लेमेकर गाभीलाई गुमाएको छ । इन्जुरिका कारण खेल्न नसक्ने भएपछि गाभी यो युरोकपमा देखिने छैनन् । त्यस्तै एलेक्स गार्सिया, अलेजानद्रो बाल्ड़े, पाउ टोरेज र पेड्रो पोर्रो जस्ता खेलाडी टिममा परेका छैनन् ।

स्पेनको युरो कप खेल्ने टिम : 

गोलकिपर : एलेक्स रेमिरो, डेभिड राया र उनाई साइमन ।

डिफेन्डर : अमेरिक लापोर्टे, रोबिन ले नोर्मान्ड, अलेजान्द्रो ग्रिमाल्डो, ड्यानी कारभाजल, डानी भिभियन, जेसस नाभास, नाचो र मार्क कुकारेल्ला ।

मिडफिल्डर : मिकेल मेरिनो, फाबियन रुइज, एलेक्स बेना, मार्टिन जुबिमेन्डी, रोड्रिगो, पेड्रि र फर्मिन लोपेज ।

फरवार्ड : अल्भारो मोराटा, ड्यानी ओल्मो, जोसेलु, लामिन यामल, मिकेल ओयार्जबाल, अयोजे पेरेज, फेरान टोरेस र विलियम्स जूनियर ।

युरोकप जुन १४ देखि सुरु हुँदैछ । स्पेन भने यस युरोकपमा समूह 'बी' मा रहेको छ । यस समूहमा स्पेनसहित क्रोसिया, इटाली र अल्बानिया रहेका छन् । स्पेनले युरोकपमा आफ्नो पहिलो खेल जुन १५ मा क्रोसियाविरुद्ध खेल्ने तालिका रहेको छ ।