🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टी-२० क्रिकेटमा मंगोलियाको कीर्तिमान, १० रनमै अलआउट

काठमाडौँ । मंगोलिया आइसीसी टी-२० विश्वकप को एशिया क्वालिफायर अन्तर्गतको खेलमा केवल १० रनमा अल आउट भएको छ । विहिबार सम्पन्न सिंगापुरविरुद्धको खेलमा मंगोलियाले १० ओभरमा १० रन मात्र बनाएर अल आउट भएको थियो ।

मंगोलियाका लागि पाँच ब्याट्सम्यान डक आउट भएका थिए भने २ जनाले २-२ रन बनाएका थिए । अतिरिक्त २ रन पाएको मंगोलियाका लागि चार ब्याट्सम्यानले एक एक रन बनाएका थिए । मंगोलियाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा सिंगापुरका बलर हर्ष भारध्वाजले ६ विकेट लिएका थिए । त्यस्तै ११ रनको लक्ष्य पाएको सिंगापुरले ५ बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

टी-२० अन्तराष्ट्रिय क्रिकेटमा मंगोलिया सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ । यसअघि आइल अफ म्यानले पनि स्पेनविरुद्ध १० रन नै बनाएको थियो । टी-२० क्रिकेटमा सबैभन्दा कम रन बनाउने चार इनिंगमा मंगोलियाले तीन पटक कम टोटल बनाएको छ । जुन यसै बर्ष बनाएको हो । मंगोलियाले यस अघि जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन बनाएको थियो ।