🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्व जुनियर कबड्डी खेलमा नेपाली टीमलाई तेस्राे स्थान

इरान,  उर्मिया । इरानको उर्मिया शहरमा संचालित दोश्रो जुनियर वर्ल्ड कबड्डी च्याम्पियनसिप कबड्डी प्रतियोगितामा नेपाली जुनियर कबड्डी टीमले तेस्राे स्थानमा प्राप्त गर्न सफल  भएकाे छ ।

\"\"

 \"\"

                                                   (टीम मैनेजर लक्ष्मण राज बरालकाे हातमा दोश्रो जुनियर वर्ल्ड कबड्डी च्याम्पियनसिपकाे ट्रफी)

२०७९ फागुन १९ गते साँझ नेपाली टीम र  ईरान टीमबीच भएकाे सेमी फाइनल खेलमा दोश्रो जुनियर वर्ल्ड कबड्डी च्याम्पियनसिप प्रतियोगितामा नेपाली टीम पराजित भएकाले नेपाली टीमले तेस्राे स्थानमै  चित्त बुझाउनु परेकाे हाे ।

२०७९ फागुन १९ गते साँझ भएकाे खेलमा घरेलु टीम इरानले नेपाललाई फराकिलो अन्तरले पराजित गरेर  फाइनलमा प्रवेश गरेकाे छ ।

२०७९ फागुन १७ गते भएकाे खेलमा भने नेपाली जुनियर कबड्डी टिम क्वार्टर फाइनलमा प्रवेश गरेकाले क्वार्टर फाईनलमा नेपालको प्रतिस्पर्धा २०७९ फागुन १८ गते साँझ भएकाे ईराकसंगकाे खेलमा नेपालले जित हासिल गरेकाे थियाे  ।

२०७९ फागुन २० गते इरानकाे उर्मिया शहरबाट साे टीमका अफिसियल्स प्रमुख ( टीम मेनेजर) लक्ष्मण राज बरालले दोश्रो जुनियर वर्ल्ड कबड्डी च्याम्पियनसिप कबड्डी प्रतियोगितामा  नेपाली जुनियर कबड्डी टीमले लगातार भएकाे दुई खेलमा जित हासिल गरेकाे तर, घरेलु टीम इरानसँग २०७९ फागुन १९ गते साँझ सेमी फाइनल खेलमा भने नेपाली टीमले पराजय भाेग्नु परेकाे जानकारी दिए ।

टीम मेनेजर बरालले भने- ''पराजयपछि पनि दोश्रो जुनियर वर्ल्ड कबड्डी च्याम्पियनसिप प्रतियोगितामा नेपालले पहिलाे पल्ट  तेस्राे स्थानकाे ट्रफी हासिल गर्न सफल भयाे ।'' विश्व च्याम्पियनसिप प्रतियोगितामा प्राप्त पहिलाे विश्व उपलब्धिमा खुसी व्यक्त नगरी रहन सकिंदैन भन्दै टीम मेनेजर बरालले खेलाडीहरूलाई बधाई तथा सम्पूर्ण कबड्डी खेलप्रेमीहरूलाई धन्यवाद दिएका छन् ।

(तस्बिर: लक्ष्मण राज बराल, इराक, उर्मिया)