🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ए डिभिजन लिग तथा बी डिभिजन नकआउट फुटबल प्रतियोगिता सुरु

धनकुटा, १० पुस : धनकुटामा  २०७८ पुस १० गते शनिबारदेखि जिल्ला स्तरीय वाइ वाइ डाइनामाइट ए डिभिजन सुपर लिग तथा बी डिभिजन नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।  जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता आगामी ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ।

'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मुल नाराका सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिताले युवाको प्रतिभाको संरक्षण हुने बताए। उनले फुटबलको विकासको लागि नगरपालिकाले काम गरिरहेको बताए। 

ए डिभीजन सुपर लिगमा छ टीमको सहभागिता रहेको छ भने बी डिभिजन नकआउट फुटबल प्रतियोगितामा १० को सहभागिता रहेको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए। धनकुटा फुटबल संघमा १७ टीम आवद्ध रहेकोमा बी डिभिजनमा रहेका भेडेटारको पाथिभरा युवा क्लव सहभागि नभएको राईले जानकारी दिए।

प्रतियोगितामा ए डिभिजन सुपर लिगको विजेताले ४० हजार र उप विजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन भने बी डिभिजन नकआउट फुटबल प्रतियोगिताका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

यस्तै, बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको विजेता ए डिभिजन सुपर लिगमा बढुवा हुने छ भने ए डिभिजन सुपर लिगको अन्तिम हुने टीममा बी डिभिजनमा घटुवा हुने धनकुटा फुटबल संघका महासचिब गोपाल लिम्बूले जानकारी दिए।

न्युज कारखाना