🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आईजी सा’ब प्रशासन शाखाको मनपरी कसले हेर्छ ? 

हाम्रा केही गुनासाहरू पठाएका छांै, कृपया स्थान दिनु हुनेछ भन्ने विश्वास गरेका छौं । 

 नेपाल प्रहरीले ५ बर्षभन्दा बढी प्रहरी प्रधान कार्यालयमा कार्यरतलाई बाहिर पठाउने नीति लागू हुन सकेको छैन । हेडक्वाटरको प्रशासन शाखामा जागिर खाएदेखि कार्यरतहरू छन् । उनीहरूलाई चलाइएको छैन । त्यसैले पनि यो नीति पहुँच नहुनेका लागि मात्र हो भन्ने सन्देश गएको छ । अन्त दरबन्दी राखेर प्रशासन शाखामा बर्षौबर्षदेखि बसेकाहरू पनि चलाइएका छैनन् । उनीहरू सधैं काजमा कार्यरत छन् ।

प्रशासनमा काजमा बसेका रैथानेहरू नयाँ सरुवा भएर जाने प्रहरीलाई अति हेप्ने गर्दछन् । आइजीपी सर्वेन्द्र खनाल सरको दृष्टि प्रशासन शाखामा पुग्नुप¥यो । कति बर्षदेखि काजमा बसेकाहरू छन्, हेर्नुप¥यो । प्रशासन शाखामा १९ वर्षसम्म एउटै शाखामा काज बिताउने पनि छन् । प्रशासनमा काजमा बसेका रैथानेहरूको विवरण डीएसपी सिताराम चापागाईले लुकाउने गरेका छन् ।

 प्रशासनमा दरबन्दीमा बस्नेमात्र होइन, एकपटक काजमा सरुवा भएपछि हाकिमलाई खुसी पारेर पेन्सन पकाउनेहरू पनि छन् । सरुवा भएदेखि बढुवा भएपनि त्यहीँ बसेर पेन्सनपट्टा बनाएर मात्र बिदा हुनेहरूको फेहरिस्त नै छ । प्रशासनमा दुई महिला बाहेक त्यहाँ न कुनै पुरुष महिला जो हाजिर हुन आएपनि दर्तामा पठाउँछन् । दर्ताको दरबन्दीलाई प्रशासन शाखा दरबन्दी भनी ड्युटी खटाइन्छ ।

रेर्कड हेरेर पहिलेदेखि अहिलेसम्म प्रशासनमा भएकाहरूको विवरण उतारियोस् । पहिले प्रशासनलाई मनपरी गर्न नदिनु आनि मात्र आइजीपी सा’बको सुधारको अभियान सफल हुनेछ । प्रशासनमा जागिर खाने र हाजिर गरी दिनभर घुम्न हिंड्ने  अनुप के सी, अमर मिश्रहरूलाई नियम कानून किन लाग्दैन ?

संग्रहालयका महिला प्रहरीहरू भएको ठाउँमा फोहोरी शब्दहरू प्रयोग गर्ने केसी र मिश्रहरूमाथि केही कारबाही किन हँुदैन । मिश्र र केसीका अगाडि डीएसपी चापागाई गरुडका अगाडि सर्पजस्तै लल्याकलुलुक हुन्छन् । हालै हेडक्वाटरमा भएको समायोजनपछिको सरुवामा पनि मिश्रहरूको आदेश उनले शिरोपर गरेका छन् । 

प्रशासनमा बिदेशका लागि नाम सिफारिस गर्दा पनि डीएसपी चापागाई, सई महेश श्रेष्ठ, अमर मिश्रहरूले शुभलाभका  आधारमा गर्ने गरेका छन् ।  प्रशासन शाखाबाट काजमा बसेकाहरू सबै मिलेर बर्षैपिछे एउटाको नाम बिदेश कोटाको लागि भनेर सिफारिस पठाउने गर्छन् । आईजीपी सा’ब जबसम्म अमर र सितारामहरू प्रशासनमा हुन्छन्, नेपाल प्रहरीमा शुद्धिकरण हुँदैन । यसतर्फ श्रीमान आइजीपी सा’बको ध्यान पुगोस् ।                                                                                                                                                                    –पीडित प्रहरीहरू, नक्साल हेडक्वार्टर