कार्यालयको एकदमै जरुरी विषय प्रस्तुत गर्नुपर्ने समयको तयारी होस् या परीक्ष्ाँको तयारीको अघिल्ला दिनहरूमा होस् यस्तो समयमा पेट खराब हुने, ज्वरो आउने समस्या हुन् सक्छ । खासगरी यी लक्ष्ँणहरू देखिने विशेष रोग नभएर तनावका कारण निम्तिएको शारीरिक अस्वस्थता हो । अझै तनावका कारण निद्रा नलाग्ने, चिडचिडापन अधिक हुने, रिस उठ्ने हुन्सक्छ । अझ तनावका कारण निम्तिने रोगहरूका केही लक्षणहरू तल उल्लेखित छन् ।
मांसपेशीको दुखाई : मासपेशी दुख्नु, अधिक थकाई महसुस गर्नु पनि तनावको लक्षण हुन् सक्दछ । यसको लागि शरीरको मालिस गर्नु उपयुक्त हुन्छ किनकि यसबाट रक्तसंचार सरलरुपमा संचार हुन्छ र मांसपेशी दुखाई कम हुन जानुका साथसाथै तनाव कम हुन जान्छ ।
दाँतको दुखाई : केही शोधहरूले दाँत तथा गिजाको दुखाई तनावको कारण बन्ने सक्ने निष्कर्ष समेत निकालेका छन् । तनावका कारण दाँत तथा गिजामा दबाब पर्न गई दाँतको दुखाई तथा गिजा दुख्ने समस्या हुनसक्छ ।
आँखा फरफराउनु : आँखा फरफराउनु पनि तनावसँग सीधा सम्बन्ध राखदछ । यसको कारण तनाव वा थकान हुन सक्दछ । विशेषज्ञहरूका अनुसार तनावका कारण आँखा फरफराउने समस्या आउन सक्छ ।
पेट खराब हुनु : तनाव र पेटको समस्याको बीच सीधा प्रभाव रहन्छ भन्ने कुराले आश्चर्यमा पार्न सक्छ होला तर तनावका कारण पेट मात्र नभई शारीरिक प्रक्रियामा पनि असर पार्दछ । तनावका कारण पाचन शक्तिले स्फूर्तरुपमा काम नगुर्नले पेट दुखाईको समस्याका साथै शारीरिक स्थिति नै खलबल पार्दछ ।
बढी निद्रा लाग्नु : भनिन्छ तनाव भएमा निद्रा नै लाग्दैन तर विशेषज्ञहरूले अधिक निद्रा लाग्नु तनावपूर्ण जीवनशैलीको लक्षण हुनसक्ने बताएका छन् ।
रजस्वला गडबढ : विशेषगरी तनावका कारण महिलाहरूको रजस्वला चक्रमा प्रभाव पार्दछ । तनावका कारण शरीरमा हर्माेनको परिवर्तनका कारण रजश्वला चक्रमा प्रभाव र अनियमितता हुन जान्छ ।
कपाल झर्नु : एक अध्ययनले कपाल झर्नुको एउटा प्रमुख कारण पनि तनाव रहेको खुलासा गरेको छ । मायो क्लिनिकले गरेको यस अध्ययनमा तनावका कारण सेतो रक्तकोषले कपालमा पोषक तत्व पु¥याउन समस्या हुने र कपाल झर्न शुरु हुने निष्कर्र्ष निकालेको छ ।



