🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यस्ता छन् तनावका कारण 

कार्यालयको एकदमै जरुरी विषय प्रस्तुत गर्नुपर्ने समयको तयारी होस् या परीक्ष्ाँको तयारीको अघिल्ला दिनहरूमा होस् यस्तो समयमा पेट खराब हुने, ज्वरो आउने समस्या हुन् सक्छ । खासगरी यी लक्ष्ँणहरू देखिने विशेष रोग नभएर तनावका कारण निम्तिएको शारीरिक अस्वस्थता हो । अझै तनावका कारण निद्रा नलाग्ने, चिडचिडापन अधिक हुने, रिस उठ्ने हुन्सक्छ । अझ तनावका कारण निम्तिने रोगहरूका केही लक्षणहरू तल उल्लेखित छन् । 

मांसपेशीको दुखाई : मासपेशी दुख्नु, अधिक थकाई महसुस गर्नु पनि तनावको लक्षण हुन् सक्दछ । यसको लागि शरीरको मालिस गर्नु उपयुक्त हुन्छ किनकि यसबाट रक्तसंचार सरलरुपमा संचार हुन्छ र मांसपेशी दुखाई कम हुन जानुका साथसाथै  तनाव कम हुन जान्छ । 

दाँतको दुखाई : केही शोधहरूले दाँत तथा गिजाको दुखाई तनावको कारण बन्ने सक्ने निष्कर्ष समेत निकालेका छन् । तनावका कारण दाँत तथा गिजामा दबाब पर्न गई दाँतको दुखाई तथा गिजा दुख्ने समस्या हुनसक्छ ।

 
आँखा फरफराउनु : आँखा फरफराउनु पनि तनावसँग सीधा सम्बन्ध राखदछ । यसको कारण तनाव वा थकान हुन सक्दछ । विशेषज्ञहरूका अनुसार तनावका कारण आँखा फरफराउने समस्या आउन सक्छ । 

पेट खराब हुनु : तनाव र पेटको समस्याको बीच सीधा प्रभाव रहन्छ भन्ने कुराले आश्चर्यमा पार्न सक्छ होला तर तनावका कारण पेट मात्र नभई शारीरिक प्रक्रियामा पनि असर पार्दछ । तनावका कारण पाचन शक्तिले स्फूर्तरुपमा काम नगुर्नले पेट दुखाईको समस्याका साथै शारीरिक स्थिति नै खलबल पार्दछ । 

बढी निद्रा लाग्नु :  भनिन्छ तनाव भएमा निद्रा नै लाग्दैन तर विशेषज्ञहरूले अधिक निद्रा लाग्नु तनावपूर्ण जीवनशैलीको लक्षण हुनसक्ने बताएका छन् । 

रजस्वला गडबढ :  विशेषगरी तनावका कारण महिलाहरूको रजस्वला चक्रमा प्रभाव पार्दछ । तनावका कारण शरीरमा हर्माेनको परिवर्तनका कारण रजश्वला चक्रमा प्रभाव र अनियमितता हुन जान्छ । 

कपाल झर्नु : एक अध्ययनले कपाल झर्नुको एउटा प्रमुख कारण पनि तनाव रहेको खुलासा गरेको छ । मायो क्लिनिकले गरेको यस अध्ययनमा तनावका कारण सेतो रक्तकोषले कपालमा पोषक तत्व पु¥याउन समस्या हुने र कपाल झर्न शुरु हुने निष्कर्र्ष निकालेको छ ।