🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रेमको मूल्य 

होमरलेन एकजना महान विचारक थिए । प्रेमको शक्तिप्रति उनको अटुट विश्वास थियो । एकपटक उनले आफ्नो आश्रयमा एउटा अनाथ बालकलाई ल्याए । त्यो बालकले गर्ने उपद्रोका कारण आश्रममा रहेका अरु बालकहरू हैरान हुन थाले । त्यसपछि त होमरलेन समक्ष हरेक दिन त्यो उपद्रवी केटाको सिकायत पुग्न थाल्यो ।

एक दिन एकजना अध्यापकले समेत होमरलेन समक्ष भने, यो उपद्रोको भाँडोलाई तपाईंले कहाँबाट ल्याउनुभयो ? यदि तपाईंलाई आश्रय चलाउनु छ भने यो केटोलाई बिदा गरिदिनुहोस्, यो केटाको संगतमा परेर अरु केटाहरू पनि विग्रने भए । होमरलेनले भने, त्यसैकारणले गर्दा त सवभन्दा बढी दया यही केटाको लाग्दछ । केटाकेटी उमेरमा नै यो यति उपद्रो गर्दछ भने ठूलो भएपछि त चोरीडकैती गर्ने पक्का छ ।

मलाई लाग्दछ, यसले प्रेम पाएको छैन । जुन बच्चाले प्रेम पाउँदैन, पछि गएर ऊ निरस, कठोर र उद्दण्ड हुन्छ । मलाई विश्वास छ, प्रेम पायो भने पछि गएर यो उद्दण्ड बच्चा पनि असल मानिस हुनेछ । साँच्चै नै भयो पनि त्यस्तै । आश्रममा रहेका शिक्षकहरूको प्रेम पाउन थालेपछि त्यो केटाको व्यवहार सालिन र शान्त हुन थाल्यो ।