🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काम र सेवाको फरक 

कुनै ठाउँका अग्रज समाजसेवीहरूले मिलेर आँखा शिविर सञ्चालन गरेका थिए । हप्तौंसम्म सञ्चालन भएको त्यो शिविरमा डाक्टरहरूले रोगीको उपचार गर्दथे भने स्वयंसेवकहरूले उनीहरूको सेवा–सुश्रुषा तथा देखभाल गर्दथे । आँखारोगीहरूको उपचारदेखि सेवा निस्वार्थ भावबाट हुने गर्दथ्यो । शिविरको समापनको दिन त्यहाँ एकजना मन्त्री आए ।

त्यहाँको वातावरण, उपचारदेखि रोगीको सेवाको प्रक्रिया देखेर अत्यन्त प्रभावित भएका मन्त्रीले आयोजकमध्येका एकजना समाजसेवीसँग सोधे– यस्तो काम सरकारले लाखौं रुपैयाँ खर्च गरेर पनि यति व्यवस्थितरुपमा सञ्चालन गर्न सक्दैन, तर यहाँ त अत्यन्त सहज ढंगबाट भएको छ, आखिर यसको रहस्य के होला ? ती समाजसेवीले स्वभाविक रुपमा मुस्कुराउँदै भने– काम र सेवामा ठूलो अन्तर छ ।

वेतनभोगी सरकारी कर्मचारी यस्ता गतिविधिलाई काम भन्दछन् । तर समाजसेवी संगठन तथा व्यक्तिहरू यसलाई सेवा मानेर गर्दछन् । त्यसैले गर्दा सरकारले आयोजना गरेका कामहरू त्यति सफल हुँदैनन् ।