🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हाम्रो शिक्षा † अजब मुलुकको गजब चाला ††

अजब मुलुकको गजब चाला ः २०७३ सालको एसईई परीक्षाको मार्कसिट र मार्कलेजर अझैसम्म जिल्ला शिक्षा कार्यालयहरूले विद्यार्थी र विद्यालयलाई उपलब्ध गराएका छैनन् । उता निजी विद्यालयहरूका सञ्चालकहरूलाई हतार ।

प्रवेश परीक्षासमेत सकेर भर्ना बन्द गर्न थालिसके । जबकि विद्यार्थीको हातमा ओर्जिनल मार्कसिट परेकै छैन । विद्यार्थीहरू प.नि.का.को वेवसाइटमा उपलब्ध मार्कसिट प्रिन्ट गरेर बुझाएका भरमा भर्ना भएका छन् । आहा † निजी विद्यालयहरू विद्यार्थीप्रति कति विश्वास गर्छन् है ? ओर्जिनल मार्कसिट बेगरै भर्ना लिइदिएका छन् । भोलि कुनै समस्या देखिए त्यसको जिम्मेवार को हुने ? उधारोमा भर्ना गर्ने छुट राज्यले निजी विद्यालयलाई दिएकै हो त ? अनि डी र ई ल्याएकाहरूको पनि पछि पूरक परीक्षामा ग्रेड बृद्धि हुनेछ भन्ने पूर्ण विश्वासका साथ भर्ना लिइएको छ । पूरक परीक्षामा ग्रेड बृद्धि हुनसकेन भने त्यसको जिम्मेवारी कसले लिने ? भर्ना लिइसकेका विद्यार्थीलाई “ग्रेड बृद्धि गर्न सकेनौ, तिमी अयोग्य भयौ, त्यसैले घर जाउ र आगौं एक्जाम्टेड परीक्षाबाट ग्रेड बृद्धि गरेर आउ’’ भन्ने ? यति भइसक्दा पनि राज्य संयन्त्र सुतेको देख्दा अचम्म लाग्छ । हुन त अचम्म किन मान्नु ?

नियमन निकायका पदाधिकारीहरू कुन चैं स्थानीय तहमा आफूलाई पठाउने हो भनेर दिन गन्ती गरेरै बसेका छन् भने कतिपय “खबरदार † कनिष्ठका मातहतमा हामी वरिष्ठलाई समायोजन ग¥यौं भने ठीक हुन्न’’ भनेर पाखुरा सुर्किएर बसेका पनि छन् । अजब मुलुकको गजब चाला यस्तै हो ।                          –प्रकृति अधिकारी