हामी सुरुवाल भन्छौं, उनीहरू सलवार भन्छन् । दुबैको अर्थ एउटै हो । हामी शीतल पहाडमा बस्छौं र अलि कसिलो सुरुवाल लगाउंछौं । उनीहरू गर्मी मैदानमा बस्छन र खुकुलो सलवार लगाउंछन । हामीले लगाउने सुरुवाललाई कम्मरमा बा“ध्न इजार हुन्छ । उनीहरूको सलवारमा नाडा हुन्छ । तर दुबै डोरी नै हुन भने सुरुवाल वा सलवारको उद्गमथलो कहा“ हो ? हामीले उनीहरूको सलवारलाई सुरुवाल बनायौं कि उनीहरूले हाम्रो सुरुवाललाई सलवार बनाए ? आखिर यो सुरुवाल÷सलवारको राष्ट्रियता के हो ? नेपाली ? हिन्दूस्तानी ? पाकिस्तानी ? अफगानी ? चार देशको साझा सुरुवाल÷सलवारलाई कुनै एक देशको राष्ट्रिय पोशाकको अंग भन्न मिल्छ कि मिल्दैन ? –महेश्वर श्रेष्ठ



