भारतको व्यस्त सहर कलकत्ता(कोलकाता)को भीडमा एक सज्जनजस्तो देखिने व्यक्ति टहलिइरहेका थिए । ती सज्जन व्यक्तिले एकजना बृद्ध व्यक्ति चिन्ता र परेशानीले निदारमा हात राखेर झोक्र्याइरहेको अवस्थामा भेटे । ती व्यक्तिले बृद्धस“ग सोधे–‘भाई, तिमीलाई के दुःख परिरहेको छ ?’ तर, ती बृद्धा व्यक्तिले आफ्नो दुखेसो सुनाउन उचित नठानेर टाल्ने प्रयास गरे ।
तर, ती सज्जन व्यक्तिले अधिक सहानुभूति जनाउ“दै भने–‘यदि तपाई कुनै समस्यामा हुनुहुन्छ भने भन्नुस्, सायद म तपाईंको काम लाग्न सक्छु कि ?’ ती सज्जनको प्रेमपूर्ण आग्रहपूर्ण आवाज सुनेर बृद्धा केही आश्वस्त भए । ती बृद्धाले अन्ततः दुखेसो पोख्ने सामथ्र्य जुटाउ“दै भने–‘म एउटा गरीब व्यक्ति हु“ । मेरो छोरीको विवाहको निम्ति केही रकम ऋण लिएको थिए“ । लाखौं कोसिसका बाबजुद पनि उक्त रकम तिर्न सकेको छैन । अहिले ती ऋण दाताले ममाथि मुद्दा दायर गरेका छन् । ऋणको बोझ त पहिलेदेखि नै टाउकोमा थियो नै, अब यो अदालत धाउने झन्झटबाट कसरी मुक्ति पाउ“m †’
‘केही न केही हल भगवानले जरुर निकाल्नेछन् ।’ सज्जनले ती गरीब व्यक्तिस“ग मुद्दा सुनुवाईको दिन, तारिख र अदालतको नाम आदिको पूरा विवरण लिएर हिंडे । सुनुवाईको दिन ती गरीब वृद्ध अदालतमा पुगे र एउटा कुनामा बसेर आफ्नो नाम कतिखेर बोलाइन्छ भनेर प्रतिक्षामा बसिरहे । पैसाको कुनै बन्दोबस्त भएको थिएन । त्यसैकारण ती वृद्ध डराइरहेका थिए ।
जब अदालतबाट उनको नाम बोलाइएन तब उनले अदालतका कर्मचारीस“ग सोधपुछ गर्न थाले । तब मात्र उनलाई थाहा भयो कि उनको ऋणको रकम कसैले जम्मा गरिदिएको थियो र मुद्दा खारेज भएको थियो । पछि सोधपुछ गर्दा मात्र थाहा भयो कि त्यो ऋण तिरिदिने व्यक्ति अरु नभएर तिनै सज्जन देखिने धर्मात्मा पुरुष थिए जसलाई ती वृद्धले सडकमा भेटेका थिए । ती सज्जन व्यक्ति अरु कोही नभएर महान समाज सुधारक तथा परोपकारी इश्वरचन्द्र विद्यासागर थिए ।



