🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टाइगर ३ को एउटै एक्सनमा ३० करोड खर्च

मुम्बई । बलिउडमा हालसम्म सबैभन्दा बढी कमाई गर्न सफल फिल्म ‘पठान’मा शाहरुख खान र सलमान खानको एकसाथ उपस्थिति दर्शकका लागि उत्कृष्ट स्वाद बन्यो ।

उनीहरुको एक्सन सिक्वेन्सलाई दर्शकले उत्तिकै मनपराए । अब यो फिल्मपछि शाहरुख र सलमान यशराज फिल्मस अन्तर्गत स्पाई युनिभर्सको आगामी स्पाई थ्रिलर फिल्म ‘टाइगर ३’मा एकसाथ देखिँदैछन् । ‘पठान’मा सलमानको केमियो भए जस्तै ‘टाइगर ३’ मा शाहरुख केमियो गर्दैछन् ।

फिल्म निर्माताले फिल्मको एक एक्सन दृश्यका लागि ३० करोड रुपैंयाँ खर्च गरेका छन् । फिल्ममा शाहरुख र सलमानको यो एक्सन दृश्य एक बाइक चेज सिक्वेन्सको हुनेछ ।

फिल्म ‘पठान’मा दुवैले शाहरुख र सलमानको एक्सन दृश्य एक रेल भित्र भइरहँदा ‘टाइगर ३’मा भने उनीहरुले एक पुलमा एक्सन कला देखाउनेछन् । यो एक्सन दृश्य फिल्मकै सबैभन्दा ठूलो एक्सन दृश्य हुने बताइएको छ । तर यो दृश्यमा फिल्मका मुख्य भिलेन इमरान हासमी र प्रमुख अभिनेत्री कटरीना कैफ भने देखिने छैनन् ।

हालका दिनमा यो एक्सन दृश्य मड आइलेण्डमा खिचिरहिएको छ । एक्सनका लागि एक ठूलो सेट बनाइएको छ । जसमा ५ दिन सुटिङ भइसकेको छ भने अब करिब ८ दिनमा सुटिङ पुरा हुनेछ । यो सेटका लागि निर्माताले ३० करोड रुपैंयाँ खर्च गरिसकेका छन् । फिल्ममा मनीष शर्माको निर्देशन छ ।