हिजोआज निर्वाचनको नतिजाले एमाले मात्रै हैन, प्राय सबैलाई चकित पार्दै धेरैको विवेचना र विश्लेषणमै दिन बित्ने गरेको देखिएको छ । यस बीचमा मैले पनि केही समीक्षा राख्न खोजें । पूर्वाग्रह कसैकसैप्रति पनि छैन ।
खासमा, एमाले नेता कार्यकताहरू कापीमा मत बटुल्ने अभ्यासमा लागे । कांग्रेस जनताको घरको मत बटुल्ने वा ब्यालेट बक्सभित्र मत खसालेर मत संख्या बढाउने रणनीतिमा जुट्यो । कापीमा मत बटुल्नेहरूले चौतर्फी चुनौतीको समीक्षा गर्न आवश्यकै ठानेनन् ।
टिकट वितरणमा कतिपयको चित्त बुझेको देखिएको थियो । चित्त दुखाउनेहरूले पार्न सक्ने ‘‘असरको भार विश्लेषण’’ गर्न नसक्दा पनि यो नतिजा आउन भूमिका खेलेको हो । अझ ‘‘उसले जितिहाल्छ, ऊ हारे हारोस’’ भन्ने एमालेहरूले सोच्दासोच्दै सबैतिर खुस्केको पत्तै भएन । अहिले विस्तारै खुल्दैछन् आपसी हत्कण्डाहरू । अझ धेरै खुल्नेवाला नै छन् ।
बाजुराको एमालेभित्र नेताहरूमा ‘‘मनपरी’’ र कार्यकर्ताहरूमा ‘‘छाडापन’’ चुलिदै गएको थियो । यति मात्रै हैन, नेतृत्व तहलाई ‘‘खुसी पार्ने वा चाकडी प्रवृत्ति’’ हावी हुदै थियोे । तथ्यगत र सही कुरा गर्ने कार्यकर्ता नेताहरूको पहिलो घेराभन्दा धेरै बाहिर रहे । ‘‘तपाई त खुब बढिया, गजब राम्रो छ, उसले केही भा“गो लाउन सक्दैन, उसलाई ठेगान लाउनु पर्छ’’ भन्ने बिचौलिया प्रवृत्तिका कार्यकर्तालाई नेताहरूले प्यारो ठाने । जसले गर्दा पहिलो तहका नेताहरू र ग्राउण्डको यथार्थता बीच ग्याप रह्यो । यति सम्मकि, ‘‘सकभर नौवटै नभए ८ त जित्यो जित्यो’’ भन्दै फुरुङ्ग पार्नेहरूकै सूचनामा रमाउदै नेताहरूले उनैमा आपूmलाई डिपेन्ड गरे । यसैमा नेताहरू दङ्ग परिरहे । ठीक उस्तै, जस्तो कि २०७० मा प्रचण्डको पहिलो घेराले ‘‘खुब बढिया छ’’ भन्नेहरूको गलत सूचनाले खुस्कन सक्ने जोखिमको भेउ नै पाउन सकेनन् ।
थुप्रै कारणहरू मध्ये इन्भर्टेड कमाभित्रका बुद्धिजीवीको भूमिका समेत केलाउन सकेनन् एमाले नेताहरूले । कतिपय धुरन्धर एमालेका कोठे बुद्धिजीवीका कारण पनि नेताहरूले ग्राउण्डको यथार्थता बुझ्न पाएनन् ।
अर्काेतिर, गुटभन्दा पनि एमाले शीर्ष नेताहरूबीच ब्यक्तित्वको टकराव यतिबेला पनि चुलिएको देखिन्थ्यो । ०६४ को चुनावतिर आपसी दुरी जुन तहमा थियो, अहिले पनि लगभग त्यो भन्दा बढी दुरी चर्केको देखिन्थ्यो । ०६४ को समस्या सल्टाएर ०७० मा जीत भएको कुरा समेत बिर्सनु कमजोरी थियो नेताहरूको । नतिजापछि कतिपय एमाले भन्ने कार्यकर्ताहरूबाट जे जस्ता टिप्पणीहरू सुनिदैछन्, अझ भयङ्कर एमाले भई फेसवुकमा ‘‘लाल गाली’’ गरेर आपूmलाई धुरन्धर देखाउन खोज्नेहरूले ग्राउण्डमा मत बढाउन कति रोल ग¥याथे भन्ने कुराको समीक्षा गर्न नेताहरूलाई कसले सम्झाईदिने ? एमालेका मत कम भएर हैन । समस्या यस्तै यस्तै ससाना कुराको ब्यवस्थापनमा देख्छु । यहा“ त यस्तो भैगयो कि, जसले अथाह भौतिक चुनौती र जोखिमका बावजुद आपूm सहित समर्थकलाई सुरक्षित मताधिकार प्रयोग गराउन सफल हुनेहरू नै लखेटिन बेर नहुने प्रवृत्ति पो छ त । आफै सोच्नुस्, यस्तो प्रवृत्तिले अवस्था सुधार होला ?
कतिपय एमाले नेताहरूले गर्ने माईक्रो म्यानेजमेन्टलाई पनि सर्वसाधारणले रुचाउदैनन् भन्ने सम्झाईदिने पनि कोही भएन् । किन कि सही कुरा भन्न रुचाउनेहरू फोगटिया टार्गेट हुने अवस्था देखेपछि धेरैजसो चुपचाप बस्दिए । कतिपय स्थानमा उम्मेदवारका ब्यक्तिगत कारणले समस्या आएको त बाहिरै आइसक्यो ।
यस बीचमा तीनतीन जना सांसद भई सकेपछि भएका कतिपय विकास निर्माणका प्रयत्नहरूलाई एमालेको पार्टी संरचनाले तल्लो तहसम्म मसिनो गरी बुझाउन सकेनन् । नेताहरू मञ्चमै भाषण ठोकेर दङ्ग, नेताका वरिपरिका फस्ट क्लास कार्यकर्ताहरू चै नेताहरूलाई ‘‘हजुर बढिया छ’’ भन्न मै मस्त । यस्तैयस्तै तमाम कारणले मत ह“ुदाहु“दै पनि एमाललेले धक्का ब्यहोरेको हो जस्तो लाग्छ ।
अन्त्यमा, कतिपय एमाले कार्यकर्तामा विद्यमान अहंकार कटौती हुन अत्यावश्यक छ । अझै पनि अन्तरमनदेखि नै आत्मसमीक्षा नगर्ने वा मैले मात्र गरें अर्काेले त खत्तम मात्र पा¥यो भन्ने मनोवृत्ति करेक्सन नगर्ने हो भने योभन्दा भयानक दुर्घटना ब्यहोर्नु पर्ने दिन आउन नसक्लान भन्न सकिन्न ।
तत्काललाई चै का“ग्रेसले जितेका तहमा तथ्यहीन ईश्र्या राख्दै निर्वाचित प्रतिनिधिहरूलाई अप्ठेरो पार्ने मनस्थितिबाट भविष्यका लागि कुनै लाभ हुनेवाला छैन, एमाले ईकाई तहका कार्यकर्ताहरूलाई । घाटै हुन्छ, फाइदा हुने त कुरै छैन । त्यसैले रचनात्मक कार्यमा सहकार्य गर्दै समाज विकासको हिस्सेदार बन्ने हो, सम्बन्धित तहका एमाले अगुवाहरूले । विजेता सबैसबै जनप्रतिनिधिलाई बधाई । –अर्जुन शाह



