एकाटेरिनवर्ग, रूस, १ असार : शुक्रबार रूसको एकाटिरिनवर्गमा भएको विश्वकप खेलको दोस्रो खेलमा उरूग्वेले इजिप्टलाई १–० गोलले हराएको छ । उरूग्वेको जीतका लागि जोस गिमेन्नेजको ‘हेडिङ’मार्फत खेलको ८९ औँ मिनेटमा गोल गरे ।
खेलमा उरूग्वेले निकै पटक गोलका अवसर सिर्जना गरेको भएपनि खेलको अन्तिमसम्म रङ्गशालामा रहेका उरूग्वेका समर्थक निराश देखिन्थे ।
इजिप्टले आफ्ना क्षमतावान् खेलाडी मोहम्मद सालेहलाई घाइते रहेका कारण खेलमा समावेश गरेको थिएन । आफ्ना स्टार खेलाडी सालेह विना नै उत्रिएको इजिप्टको समूह उरुग्वेसँग आक्रामक रूपमा प्रस्तुत भएपनि खेलको अन्तिम क्षणमा भएको गोलका कारण उनीहरूलाई निराश बनाएको देखिन्थ्यो ।



