🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्वकपमा उरुग्वेद्वारा इजिप्ट १–० गोलले पराजित

एकाटेरिनवर्ग, रूस, १ असार  : शुक्रबार रूसको एकाटिरिनवर्गमा भएको विश्वकप खेलको दोस्रो खेलमा उरूग्वेले इजिप्टलाई १–० गोलले हराएको छ । उरूग्वेको जीतका लागि जोस गिमेन्नेजको ‘हेडिङ’मार्फत खेलको ८९ औँ मिनेटमा गोल गरे । 

खेलमा उरूग्वेले निकै पटक गोलका अवसर सिर्जना गरेको भएपनि खेलको अन्तिमसम्म रङ्गशालामा रहेका उरूग्वेका समर्थक निराश देखिन्थे ।

इजिप्टले आफ्ना क्षमतावान् खेलाडी मोहम्मद सालेहलाई घाइते रहेका कारण खेलमा समावेश गरेको थिएन । आफ्ना स्टार खेलाडी सालेह विना नै उत्रिएको इजिप्टको समूह उरुग्वेसँग आक्रामक रूपमा प्रस्तुत भएपनि खेलको अन्तिम क्षणमा भएको गोलका कारण उनीहरूलाई निराश बनाएको देखिन्थ्यो ।