🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१२औँ सहबीर राष्ट्रिय खुल्ला स्मृति लन टेनिस प्रतियोगिताको सोमबार सम्पन्न भएका खेलहरु

काठमाडौँ । नेपाल एपीएफ क्लबको आयोजनामा संचालन भएको ‘१२औँ सहबीर राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता, २०८०’ को २०८० चैत ५ गते सोमबार विभिन्न ईभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् ।

नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट हल्चोकमा सम्पन्न भएको पुरुष एकलतर्फको खेलमा प्रदिप खड्काले निशल कायस्थालाई ६–१ र ६–० ले, आर्यन गिरीले युगेन शेर्पालाई ७–५ र ७–५ ले, निशान श्रेष्ठले बिपुल बहादुर अधिकारीलाई ६–० र ६–० ले र आशिस खड्काले प्रशिद्ध मोक्तानलाई ६–२ र ६–० ले पराजित गरी विजयी भएका छन् ।

यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स डबल्सतर्फको खेलमा रजोजमान श्रेष्ठ र अमृतरत्न कंसकारको जोडिले सुनिल गुरुङ्ग र नोगेन लामाको जोडिलाई ६–२ र ६–३ ले पराजित गरी विजयी भएका छन् ।

५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा राजु श्रेष्ठले शिव सेढाईलाई ६–३ र ६–२ ले र बिमल वाईवाले नरेन्द्र सिंहलाई ६–१ र ६–० ले पराजित गरी विजयी भएका छन् भने सुदर्शन विष्टले जीवन घिमिरेबाट वाक ओभर पाएका छन् ।

त्यसैगरी महिला एकलतर्फको खेलमा अभलिसा विष्टले इन्द्रकला श्रेष्ठलाई ६–० र ६–० ले, प्रकृती श्रेष्ठले भगवती बि.क.लाई ५–७, ६–३ र ६–३ ले र शुभंगीलक्ष्मी शाहले आईसा डोल्केर गुरुङ्गलाई ६–४ र ७–५ ले पराजित गरी विजयी भएका छन् ।

आजै त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको टेनिस कोर्टमा भएको ३५ वर्षमाथि भेन्ट्रान्स पुरुष एकल तर्फको खेलमा शिरमन्त गुरुङ्गले राजेन्द्र श्रेष्ठलाई ६–१ र ६–२ ले, भिष्मजंग गुरुङ्गले समीर गुरुङ्गलाई ६–१ र ६–१ ले, अक्ष्य थापाले सम्दुप कुमार लामालाई ६–२ र ६–३ ले र अनिल शाहीले भिम थापा मगरलाई ६–१ र ७–५ ले पराजित गरी विजयी भएका छन् ।

त्यसैगरी ४५ वर्षमाथि भेन्ट्रान्स पुरुष एकल तर्फको खेलमा रोहित सुनारले मनोज कुमार श्रेष्ठलाई ६–१ र ६–० ले, मनबहादुर कटुवालले जुजुमान किमलाई ६–० र ६–२ ले, सुर्य गिरीले सुकमान गुरुङ्गलाई ६–३ र ६–२ ले पराजित गरी विजयी भएका छन् भने महेश श्रेष्ठले प्रणयरत्न स्थापीतबाट वाक ओभर पाएका छन् ।

हलचोकस्थित नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको टेनिस कोर्टमा सो प्रतियोगिता चैत्र ९ गतेसम्म संचालन हुनेछ ।