🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ज्येष्ठ नागरिक शारीरिक दुर्ब्यवहारबाट पीडित

काठमाडौँ, १ असार : ज्येष्ठ नागरिकले शारीरिक, मानसिक र यौनिक दुर्ब्यवहारबाट आफूहरु पीडित हुनु परेको गुनासो गरेका छन् । 

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले आज यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक दुर्ब्यवहारविरुद्ध १३औँ विश्व चेतना दिवस अन्तरक्रियामा ज्येष्ठ नागरिक लक्ष्मण थापाले ज्येष्ठ नागरिक शारीरिक, मानसिक र यौनिक जस्ता कुनै पनि समस्याबाट अछूत रहन नसकेको बताउँदै भने, “प्रत्येक घरमा आफ्नो सन्तानबाट नै ज्येष्ठ नागरिकलाई अपमानजनक व्यवहार हुने गरेको छ ।

ज्येष्ठ नागरिक मोहन केसीले नेपाली सञ्चारमाध्ययमले ज्येष्ठ नागरिकको दुर्ब्यवहारबाट हुने पीडालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। 

अर्का ज्येष्ठ नागरिक माधवप्रसाद घिमिरेले राज्यले कानून निर्माण गरे पनि कार्यान्वयन हुन नसक्दा समस्या छ भन्दै कार्यान्वयन गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए  । पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले पाटीपौवा, शौचालय, सडक जस्ता स्थान ज्येष्ठ नागरिकमैत्री हुनुपर्ने बताए  ।

महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या छिटो सम्बोधन गर्नका लागि कानून कार्यन्वयन र छुट्टै आयोग गठन गर्न आग्रह गरे  । सांसद् पार्वत गुरुङले सबै सन्तानले आफ्ना बाबुआमालाई सम्मान र माया गर्ने हो भने यस क्षेत्रको समस्यामा कमी आउने बताए  । 

जेरियाट्रिक सेन्टर नेपालले सन् २००८ देखि २०१० सम्म गरेको एक अध्ययनले ११७ ज्येष्ठ नागरिकमाथि भएको घटनामध्ये ४३ प्रतिशत शारीरिक दुर्ब्यवहार हुने गरेको छ । यसरी पीडित हुनेमा सबैभन्दा बढी ६० देखि ७० वर्ष उमेर समूहका रहेको अध्ययनले देखाएको छ । 
–––  (रासस)