🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरी टोलीकै छेउमा अपराधी-गुण्डाहरुले घेराबन्दी गरेर घण्टौंसम्म मारपिट गरिरहँदा प्रहरीले हेरिरहे

गोरखा, बैशाख २४ \\   निर्माण ब्यवशायी सङ्घ, गोरखाका अध्यक्ष बाबुराम श्रेष्ठ, महासचिव सूर्य भण्डारी तथा उनीहरुले भाडामा परिचालन गरेका अपराधी-गुण्डाहरुले वर्ल्डवाइड कन्स्ट्रक्शनका राम थापा र हरि भट्टराईलाइ इलाका प्रहरी कार्यालयका इञ्चार्ज, प्रहरी निरीक्षकको टोलीकै सामुन्ने घण्टौंसम्म मारपिट गरेका छन्।

“वडा नम्बर ५ को सडक निर्माण गर्न नगरपालिकाले टेण्डर कल गरेको थियो। बैशा २१ गते शुक्रबार बिहान सवादश बजे हामीले टेण्डर दर्ता गरेर नगरपालिका नजिकैको होटलमा छिरेका थियौं। निर्माण ब्यवशायी सङ्घ, गोरखाका अध्यक्ष बाबुराम श्रेष्ठ र महासचिव सूर्य भण्डारीले ४-५ जना गुण्डाहरु साथमा लिएर आए। करिब ४ घण्टासम्म होटेलमै थुनेर, “हामीसँग सल्लाह नगरी किन टेण्डर हालिस् ?” भन्दै पहिले लम्कीझम्की गरे र पछि हातै हालेर निकै मारपिट गरे। ४ घण्टापछि बल्ल-बल्ल उम्केर उपमेयर पम्फा बसेलको कार्यकक्षमा पुग्यौं।”   साँघु न्युज डट कमका प्रतिनिधिसँग राम थापाले भने।

“अपरान्ह २ बजेतिर राम थापा र हरि भट्टराई रुँदै मेरो कार्यकक्षमा आए। उनीहरुले आफ्नो पीडा पोख्दैथिए, बाबुराम श्रेष्ठ र सूर्य भण्डारीका गुण्डाहरु त्यहींपनि आएर लम्कीझम्की गर्नथालिहाले। इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर र उनको टोली त्यहीं थिए। ‘प्रहरीकै अगाडी यस्तो दुर्ब्यवहार भैरहेको छ, कसरी हेरिबसेको ?’ भनेर ती इन्स्पेक्टरसँग बारम्बार कराएँ। तर, ती इन्स्पेक्टर त हाँसेर बसिरहे !”   कार्यवाहक मेयर (उपमेयर) पम्फा बसेलले भनिन्।