🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जुवा खालबाट रु ४९ हजारसहित पाँच पक्राउ

सुर्खेत, २४ वैशाख (रासस) : वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भैरवस्थानस्थित प्रतीक होटलबाट आज प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रतीक होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएका प्रहरी टोलीले सो होटलमा खानतलासी गरेको थियो ।

आज बिहान खानतलासका क्रममा नगद रु ४९ हजार, तीन गड्डी तास, चार मोबाइल सेट र होटल सञ्चालकसहित चार जना जुवा खेलिरहेको अवस्थामा भेटिँदा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । जुवाको खालबाट प्रहरी हिरासतमा पुगेका उनीहरुको अनुसन्धान भइरहेको जनाइएको छ ।

यसैगरी जुवातास खेलिरहेको भन्ने विशेष सूचनाअनुसार प्रहरीले आज सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित एक घरमा छापा मारेको थियो ।

सो घरमा पनि जुवा खेलिरहेका घरधनी ५९ वर्षीय कालीप्रसाद शाक्य, अर्का एक ५५ वर्षीय दानबहादुर गुरुङ र नाम नखुलेको एक जनालाई नगद रु ३४ हजार ५०० सहित जुवा खालबाट पक्राउ गरेको थियो । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।