🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकारहरुलाई उपहार, नगद नलिन/नदिन उर्दी 

बनियानी, ११ मङ्सिर (रासस) : नेपाल पत्रकार महासङ्घ, झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ । 

महासङ्घ झापा शाखाको सोमबार बिर्तामोडस्थित कार्यालयमा बसेको बैठकले पत्रकार सम्मेलनमा दिइने खर्च असान्दर्भिक भएको र यसले विकृत रूप लिएकाले त्यस्तो खर्च नलिन पत्रकारलाई आह्वान गरेको हो । बैठकपछि अध्यक्ष तारामणि सापकोटा र सचिव सन्तोष आचार्यले जारी गरेको विज्ञप्तिमा पत्रकार सम्मेलनमा दिइने खर्चले समाचार नै नहुने विषय समाचार बन्ने र वास्तविक समाचार, समाचार नबन्ने अवस्था विकास हुँदै गएको उल्लेख छ । 

महासङ्घ झापाले पत्रकारिता स्वच्छ, मर्यादित, स्वतन्त्र र व्यावसायिक बनाउने जिम्मेवारी नागरिक समाज, सङ्घ, संस्था, सरकारी निकाय सबैको साझा भएकाले पत्रकार सम्मेलन आयोजना गर्दा वा समाचार प्रसारणका लागि कुनै उपहार, खर्च वा भत्ता वितरण नगर्न आह्वान गरेको हो । 

विज्ञप्तिमा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ र नेपाल पत्रकार महासङ्घ झापाको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्न गराउन पत्रकार महासङ्घका सदस्यलाई आह्वान गर्दै सहयोगका लागि नागरिक समाजलाई अनुरोध गरिएको छ । 

पाँच पत्रकारलाई आर्थिक सहयोग 

सोही बैठकले झापाका पाँच पत्रकारलाई उपचार सहयोग रकम प्रदान गर्ने निर्णय गरेको छ । पत्रकार सहारा उपचार कोष सञ्चालक समितिको पहिलो बैठकबाट निर्णय भई सिफारिश भएका मिर्गौला रोगबाट पीडित पत्रकार अमृतलाल श्रेष्ठ र माया पकुवाल, क्यान्सर रोगबाट पीडित पत्रकार शुभद्रा खड्का अधिकारी, दुर्घटनाबाट घाइते धर्मेन्द्र भट्टराईलाई जनही रु २० हजार र पत्थरी रोगको उपचारका लागि वेदप्रकाश हुमागाईंलाई रु सात हजार प्रदान गर्ने निर्णय भएको हो । 

पत्रकार महासङ्घ झापा शाखाले कोष स्थापनापछि पत्रकारलाई पहिलोपटक संस्थागत सहयोग प्रदान गरेको हो । 
–––