काठमाण्डौं । प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ मंसिर ११ गते दोलखा जिल्लास्थित रणभीम गणको निरीक्षण भ्रमण गरेर काठमाण्डौं फिर्ता भएका छन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।
प्रधानसेनापति थापा निरीक्षण भ्रमणको शिलसिलामा २०७५ मंसिर १० गते सिन्धुली जिल्लास्थित नं.९ बाहिनी अड्डातर्फ प्रस्थान गरेका थिए ।



