🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गर्भावस्थाका नौ महिना, कसरी गर्ने हेरचाह ?

जुम्ला । गर्भावस्था एक संवेदनशील अवस्था हो । यतिबेला गर्भवतीले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।शारीरिक मात्र होइन मानसिक स्वास्थ्यको समेत विशेष ख्याल गर्नु पर्छ भन्दै  तिला गाउँपालिकाकाले गर्भवती महिलासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । गर्भ रहेपछिको अवस्थादेखि नै उचित खानपान जीवनशैली र सोच चिन्तन आवश्यक हुने भन्दै गर्भवती महिलासँग उपाअध्यक्ष कार्यक्रममार्फत अन्तरक्रिया कार्यक्रम गरिएको  हो । 

यो अवस्थामा यतिबेला गर्भवतीले मात्र होइन उनका श्रीमान र परिवारले नै राम्रो वातावरण तय गरिदिनु पर्ने भन्दै गर्भवती र उनीहरूका श्रीमानसँग अन्तरक्रिया गरिएको तिला गाउँपालिकाका  अध्यक्ष रतन नाथ यौगीले बताए । उनले भने, 'कुन अवस्थामा गर्भवतीले कस्तो सावधानी अपनाउने रु के गर्ने रु के नगर्नेजस्ता कुराको बारेमा जानकरी दिनका लागि पालिकाले धेरै महिलामुखी कार्याक्रम ल्याएको बताए । उनले भने, 'गर्भावस्थामा आमाले ध्यान नदिएका कारण धेरै बालबालिकामा कुपोषण देखिने भएकाले कुपोषणमुक्त गाउँपालिका बनाउनका लागि यस्ता खालका कार्यक्रम लागु गरिएको हो ।'

त्यस्तै तिला गाउँपालिका उपाध्यक्ष  विष्णु बुढाले  भनिन् , गर्भावस्थामा कुनै पनि भार उठाउन हुँदैन । ताजा र पौष्टिक खानेकुरा सेवन गरौँ । जसका कारण बच्चालाई पूर्ण रुपमा पोषण मिलोस् । स्थानीय स्तरमा उत्पादित सागपात दुध, माछामासु गेडागुडी जस्ता झोलिलो पदार्थ सामेल गरौँ ।  हामीले पहिलो चरणमा पोषिलो खानेकुरा वितरण गरेका थियौँ । तर, सरकारले सधैँभरि दिएर हुँदैन । महिला आफैँ सचेत हुनुपर्छ ।' स्वास्थ्यकर्मी  नेत्रबहादुर खत्रीले  दिनमा कम्तीमा ६-७ गिलास पानी पिउनुपर्ने बताए ।  गर्भावस्थाको  समयमा मदिरा ड्रग्स वा विषाक्त पदार्थको सम्पर्कमा रहन नहुने बताएका उनले चिकित्सकको सल्लाहविना औषधि सेवन नगर्ने, खानेकुरामा प्रोटिन क्याल्सियम कार्बोहाइड्रेट, ताजा फल खानु पर्ने बताए ।  

आमाले खानपानमा ध्यान दिएको खण्डमा बच्चाको स्वच्छ हुने उनको भनाइ छ । स्वास्थ्यकर्मी खत्रीले गर्भाधारणका लागि महिलाको उमेर २१ वर्ष नाघेपछि राम्रो हुने बताउँछन् ।