🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दिव्या दत्ताका ‘क्रस’ अभिनेता जब भाइ बने…

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री दिव्या दत्त चर्चामा गछिन् । उनलाई फिल्मभन्दा पनि वेबसिरिजले चर्चामा ल्याएको हो । दिव्याले हालै एक पुस्तकसमेत निकालेकी छन् ।पुस्यतकको प्रचारप्रसार गर्न एक शोमा पुगेकी दिव्याले आफ्नो क्रस सलमान खान र फरहान अख्तर रहेको बताएकी छिन् । ‘मलाई बलिउडमा दुई अभिनेता सलमान र फरहानमा क्रस थियो । तर, मलाई फिल्ममा दुवैको बहिनी बनाइयो,’ दिव्याले भनिन् ।

उनले सलमान आफूलाई बाल्यकालदेखि नै मन पर्ने बताइन् । ‘उनको मैने प्यार किया फिल्म हेरेपछि म फ्यान भएकी थिएँ । मलाई उनी निकै मन पर्छ । आफ्नो अंकलसँग आग्रह गरेर फोटो पनि खिचाएकी छुँ,’ दिव्याले भनिन् ।

उनले आफूलाई बाल्यकालदेखि नै फिल्ममा देखिने रहर जागेको बताइन् । ‘मलाई फिल्ममा आउन मन थियो । त्यसैले कतिपटक सलमानको छायांकन फस्ट लाइनमा बसेर हेरे गर्थे । सलमानले मलाई क्युट देखेर कतै फिल्म सिफारिस गर्छन् कि भन्ने लागेको थियो, तर त्यसो भएन,’ उनले भनिन् ।

दिव्याले वीरगतिमा सलमानको बहिनीको भूमिका निर्वाह गरेकी छिन् भने ‘भाग मिखा भाग’ मा फरहानको बहिनीको भूमिका निर्वाह गरिन् । उनले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाए । यद्यपि उनलाई त्यो भूमिका गर्न भने मन थिएन ।