🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आईजी, एआईजीसहित डेढ दर्जन अवकास हुँदै 

काठमाडौं । आगामी २०७९ वैशाख ३० गतेको स्थानीय निर्वाचन आउन १२ दिन अगाडि मात्र स्थानीय निर्वाचनको अग्रपंक्तिमा रहेर सुरक्षा दिने नेपाल प्रहरीको नेतृत्व तहमा व्यापक परिवर्तन हुन गइराखेको छ । आगामी २०७ढ वैशाख १८ गते महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानेछन् भने उनीसँगै तीनजना अतिरिक्त महानिरीक्षक हरि वहादुर पाल, प्रद्युम्न कार्की र निरजबहादुर शाही पनि अनिवार्य अवकाशमा जाँदैछन् । 

तीनजना अतिरिक्त महानिरीक्षकसमेत अनिवार्य अवकाशमा गइरहँदा सरकारले नेपाल प्रहरीमा दरबन्दी थप गरेका तीनजना अतिरिक्त महानिरीक्षकको व्यवस्थापन भने त्यसभन्दा अगाडि नै गर्ने भएको छ । महानिरीक्षक थापासँगै तीनजना अतिरिक्त महानिरीक्षकले अनिवार्य अवकाश पाउँदा नेपाल प्रहरीबाट एकदर्जन नायव प्रहरी महानिरीक्षक(डीआईजीपी)हरुको पनि ३० वर्षे सेवा अवधि पूरा भएकै कारण अनिवार्य अवकाश हुनेछ । 

यसरी अवकाश पाउने डीआईजीपीहरुमा प्रधान कार्यालयमा नै कार्यरत ईश्वरबाबु कार्की, अख्तियारमा कार्यरत बसन्त पन्त, मधेश प्रदेशमा कार्यरत उमेश रञ्जितकार, बाग्मती प्रदेशमा कार्यरत प्रकाश जंग कार्की, लुम्बिनी प्रदेशमा कार्यरत प्रकाश अधिकार, कर्णाली प्रदेशमा कार्यरत गणेशबहादुर ऐर, सुदूरपश्चिम प्रदेशमा कार्यरत पुरुषोत्तम कँडेल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत देव बोहरा र  रामकृपाल शाहहरु रहेका छन् । त्यसैगरी, वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) राजेन्द्र चौधरी, प्रदीपकुमार श्रेष्ठले पनि आगामी २०७९ वैशाख १८ गते अनिवार्य अवकाश पाउनेछन् । 

  सरकारले दरबन्दी थप गरेका तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजीपी) का लागि धिरजप्रताप सिंह, रविन्द्र धानुक र उत्तमराज सुवेदीलाई प्रमुख दावेदार मानिएको छ । त्यसैगरी डीआईजीपीहरु अरुण बिसी, बसन्त लामा र दिवेश लोहनी पनि एआईजीपी बढुवाको प्रस्तिपर्धामा रहेका छन् । तथापि दरबन्दी थपिएका अतिरिक्त महानिरीक्षकको बढुवामा सरकारका प्रमुख घटक दलले राजनीतिक भागवण्डा गर्ने सम्भावना रहेको छ । बढुवा भएपनि ११ महिनापछि यी सबै उच्च प्रहरी अधिकृतले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश लिनेछन् । 

 ३० वर्षे सेवा अवधिका कारण आईजीपी, एआईजीपी, डीआईजीपीहरु एक दर्जनभन्दा बढीले अनिवार्य अवकाश लिएपछि ती पदहरुमा पनि हालका डीआईजीपी एसएसपीहरुबीच कडा प्रतिस्पर्धा हुने अवस्था छ । वरिष्ठ एसएसपीहरुमा नलप्रसाद उपाध्याय, मोहन आचार्य, महसुद आलम खाँ रहेका छन् । त्यसैगरी डीआईजी बढुवाको लाइनमा एसएसपीहरु सञ्जीव भण्डारी, टंकप्रसाद राई, उमेशराज जोशी, श्याम ज्ञवाली, दीपक थापा, रामदत्त जोशी, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पौडेल, टेकबहादुर तामा¨, बसन्त कुँवर  र भीमप्रसाद ढकालले बढुवा हुने अवसर २०७९ वैशाखभित्रै पाउने छन् ।

यसरी नेपाल प्रहरीमा स्थानीय निर्वाचनको मुखैमा ठूलो संख्यामा उच्च अधिकृतहरु रिक्त भएसँगै पदपूर्तिमार्फत व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले नेपाल प्रहरीको माथिल्लो तहमा स्थानीय निर्वाचनलाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्ने सम्बन्धमा विभिन्न गृहकार्य भएसँगै बढुवा हुने दौडधुप पनि त्यसैगरी बढेर गएको खबर छ ।