🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गुण्डानाइकेसँग एसपीको उठबसले ब्यवसायी त्रसित 

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको चाहना विपरीत कास्कीमा सरुवा भएका एसपी ओम रानाको उठबस गुण्डानाइके एलजी ग्रुपका ललित गुरुङसंग बाक्लो हुन थालेको आरोप लागेको छ । स्रोत भन्छ, आइजीपी खनाल रानालाई कास्की सरुवा गर्ने पक्षमा थिएनन् ।

तर, गृहमन्त्रीका आसेपासेका कारण उनी निरीह भएर राना जस्ता बद्नाम एसपीलाई कास्कीमा सरुवा गर्न बाध्य भएका थिए । कास्कीमा प्रहरी प्रमुख भएका रमेश खरेल, पुस्कर कार्की, केदार रिजाल, वसन्त लामा र अशोक सिंहले समेत मुद्दा चलाएका एलजी ग्रुपका ललित गुरुङसंग एसपी राना सिभिलमा गार्डसमेत नलिई हिंड्ने गरेका छन् । 

 जिल्लाको प्रहरी प्रमुख विवादास्पद गुण्डानाइकेसंग गार्डसमेत नलिई हिंड्दा कतै आक्रमण नै भयो भने त्यसको सन्देश के जान्छ भन्ने ख्यालसमेत नगरी उनी निस्फिक्री हिंड्ने गरेका छन् । एसपी राना गुरुङसंग हिंड्ने, रेष्टुरेन्टमा खानपिन गर्ने र प्रहरीमा परेका विभिन्न केसहरूमा डिल गरी आर्थिक फाइदा लिन तल्लीन रहेको आरोप छ । 

गुण्डानाइकेसंग एसपी रानाको कनेक्सन
 कांग्रेस नेतृ सुजाता कोइरालाको संरक्षणमा कास्कीमा जग्गा कारोबारीदेखि ब्यवसायीहरूसंग असुली गर्दैआएको एलजी ग्रुपका ललित गुरुङ र एसपी राना बारम्बार पोखराका विभिन्न रेष्टुरेन्टहरूमा खानपिनमा रमाउने गरेका छन् । एसपी राना सरुवा भएपछि २०७५ जेठ २८ मा कास्कीमा हाजिर हुन जाँदा पोखरा विमानस्थलमा गुण्डानाइके धनबहादुर छन्त्याल ‘लक्ष्मण’ ले खादा र मालाले स्वागत गरी स्कर्टिङ गरेपछि विवादमा तानिएका थिए । उनलाई पोखरामा छन्त्यालको समूहले १२ वटा गाडीसहित स्कर्टिङ गरेको कुरा सार्वजनिक भएको थियो ।

यसअघि ललित गुरुङ र छन्त्यालको गुण्डागर्दी गर्ने समूहलाई एसपी अशोक सिंहले छिन्नभिन्न पारिदिएका थिए । उनीहरूलाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरी कारबाही गरिएको थियो । अशोक सिंहलाई एक बर्ष पनि नपुगी नौ महिनामै सरुवा गराउनका लागि ललित गुरुङ, छन्त्याल र महेन्द्र भोटे भनिने शिव गुरुङहरूले ठूलै रकम खर्चेको कुरा समेत पोखरामा चर्चाको बिषय बन्ने गरेको छ ।

पोखरा लेखनाथ क्षेत्रमा जग्गा कारोबार बढिरहेको छ । यसअघि एसपी अशोक सिंहका कारण ती कारोबारीहरूसंग अवैध असुली गर्न नसकेका छन्त्याल, गुरुङ र महेन्द्र भोटेले राना आएपछि तर्साएर असुली गर्ने क्रम बढाएको प्रहरी स्रोत बताउछ । घरजग्गा ब्यवसायीसंग अवैध असुली गर्न पल्किएका गुण्डानाइकेहरूको समूहले गृहमन्त्री रामबहादुर थापाका आसेपासेहरूलाई प्रभावमा पारी रानालाई प्रहरी प्रमुखका रुपमा कास्कीमा लान सफल भएको दावी स्रोतको छ । राना यसअघि रसुवाको डीएसपी हुँदा रक्तचन्दन तस्करीमा मुछिएपछि हेडक्वार्टर तानिएका थिए । 

 को हुन् छन्त्याल ?
 हतियार, लुटपाट, अपहरण, फिरौती काण्डमा पटक–पटक मुछिदै आएका धनबहादुर छन्त्याल ‘लक्ष्मण’ पछिल्लो समयमा नेपाली कांग्रेसको नेपाल तरुण दलमा आवद्ध छन् ।

छन्त्यालको समूहले पोखरामा मिटरब्याजमा लगानी गर्ने, असुली गर्ने, घरजग्गा तथा हाउजिङ ब्यवसायीलाई हतियार देखाएर असुल्नेदेखि फिरौती माग्नेसम्मको अवैध काम गर्दै आएको छ । उनकै समूहका मुख्य नाइके विक्रम लामा लागूऔषध र हातहतियार काण्डमा जेलको जीवन विताइरहेका छन् । 

२०७१ फागुन २३ मा ’महेन्द्र भोटे’ को ओजन डिस्कोमा झगडा मिलाउन गएका प्रहरी जवान भीमबहादुर रानाको टाउको फुटाएको काण्डमा उनी पक्राउ परेका थिए । तर, एसपी राना आएको ७२ घण्टा हुन नपाइ उनले गुण्डाका नाइके छन्त्यालसंग उठबस गर्न थालेपछि फेरि पर्यटकीय नगरी पोखरामा अपराध मौलाउने संभावना बढेको छ । 

आईजीपी खनालले अडान लिन नसक्दा प्रहरीमा बदनामी कमाएका डीएसपी, एसपी, एसएसपीले राम्रो ठाउँ पाउन थालेका छन् भने स्वच्छ छवि भएका छायाँमा पर्न थालेको गुनासो छ । गृहमन्त्री थापासंग पनि विशेष सम्बन्ध बनाएका एसपी राना उनकै विशेष कृपाको कारण ९ महिना नपुग्दै एसपी सिंहलाई हटाएर कास्की जिल्ला प्रहरी कार्यालयको प्रमुख हुन सफल भएका हुन् । 

एसपीको कनेक्सनपछि 
रातभर डिस्को खोल्न छुट

एसपी रानासंग सेटिङ मिलेपछि पोखराको लेकसाइडस्थित ओजन डिस्को रातभर खोल्न छुट दिएका छन् । स्थानीय प्रशासनसंग राति २ बजेसम्म मात्र संचालन गर्ने स्वीकृति लिए पनि एसपी राना कास्कीको प्रमुख भएपछि ओजन डिस्को बिहान ६ बजेसम्म संचालन हुने गरेको छ । 
एसपीसंग भागबण्डा मिलाएपछि रातभर डिस्को संचालन गर्दा पनि प्रहरीले केही चासो दिन छाडेको स्रँेतको दावी छ ।

उक्त डिस्को महेन्द्र भोटेको नामले चिनिने शिव गुरुङले संचालन गर्दैआएका छन् । भोटे एमालेनिकट युवासंघ गण्डकीका उपाध्यक्ष हुन् । उक्त डिस्कोमा एमाले कास्कीका एक नेताको समेत लगानी रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार, उक्त डिस्कोमा युवासंघका पूर्वअध्यक्षको लगानी पनि रहेको छ । भोटे पनि पोखरामा विवादित पात्र हुन् । (साँघु साप्ताहिक, २०७५ असार १८)