🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ\’

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भएको बताउनुभएको छ ।

धनुषा चेम्बर अफ कमर्सद्वारा जनकपुरधाममा आज आयोजित छठ लक्षित विपन्न व्रतालुहरूलाई पूजा सामग्री वितरण कार्यक्रममा उहाँले सबै खाले भेदभावविरुद्ध सद्भाव र प्रकृतिका विभिन्न जीवनदायिनी तत्वप्रति आस्थाको अभिव्यक्ति छठ पर्व भएको धारणा राख्नुभयो । 

मुख्यमन्त्री सिंहले एकता, सद्भाव र सहिष्णुताबाट छठ पर्वमा विपन्न व्रतालुहरूलाई नयाँ पहिरन तथा पूजा सामग्री वितरण गर्ने परम्परालाई निरन्तरता दिएकामा आयोजक संस्थालाई धन्यवाद दिनुभयो । 

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जनकपुरधामको छठ पर्व मौलिक र विशिष्ट रहेको बताउनुभयो । उहाँले यसलाई थप आकर्षक बनाउन जनकपुरधामको सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “चाडपर्वमा सरसफाइमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ । हामीले प्रदेश सरकारसँग समन्वय गरेर जनकपुरधामको सरसफाइसम्बन्धी योजना कार्यान्वयन गर्ने तयारी गरेका छौँ, त्यसपछि भने यहाँको अवस्था थप सुधार हुनेछ”, नगरप्रमुख साहले भन्नुभयो ।

कार्यक्रममा जनकपुरधामका पूर्वप्रमुख बजरङ्गप्रसाद साह, जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीलगायतले आआफ्ना धारणा राखेको थियो । कार्यक्रममा सय जना महिलालाई नयाँ पहिरन र अन्य पूजा सामग्री वितरण गरिएको थियो ।