सर्लाही, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कबिलासी नगरपालिका-८ बस्ने २० वर्षीय पपु बैठालाई २०७८ माघ २५ गते मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
बैठाले ती किशोरीलाई हरिवन नगरपालिका-३ स्थित शौचालयमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



