🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनआरएनए निर्वाचनः राजनीतिक दलको नाममा आचार्य समूहले १० करोड संकलन गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा परियोजनको लागि नेपालका राजनीतिक दललाई चन्दा दिने उद्देश्यले ठूलो आर्थिक चन्दा रकम संकलन भएको भेटिएको छ ।

अध्यक्ष पदको लागि प्रत्यासी कुल आचार्य समूहले नेपाली कांग्रेसलगायत प्रमुख दलका नेताहरु आर्थिक सहयोग गर्न भन्दै आफ्नो प्यानलका उम्मेदवारसंग पैसा संकलन गरेको जानकारी प्राप्त भएकाे छ  ।

स्रोतका अनुसार, आचार्य समूहले दशौं महाधिवेशनका लागि टिम कुलको प्रचारप्रसार व्यवस्थित गर्नका लागि काठमाण्डौंमा एक प्रचार तथा सम्पर्क कार्यालय संचालन गर्ने भन्दै उम्मेदवारसंग छुट्टै एक एक लाख रुपैयाँ एडभान्स मागेको समाचारमा उल्लेख छ ।

यसअघि नेपाली कांग्रेसले संघको निर्वाचनमा कुल आचार्यलाई आफ्नो आधिकारिक उम्मेदवार भएको भन्दै पत्राचार गरेको थियो ।

साथीहरु, नमस्कार।

गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशनका लागि टिम कुलको
प्रचार प्रसार व्यवस्थित गर्नका लागि काठमाडौँमा एक प्रचार तथा संपर्क
कार्यालय संचालन गर्ने निर्णय भएकाले सबै उम्मेदवार साथीहरुले अनिवार्य
रुपमा जनही रु एक लाख जतिसक्दो चांडो निम्न खातामा पठाई खबर समेत
गर्नु हुन अनुरोध गर्दछौं ।
संयोजन जानकी गुरुङले गर्नु हुनेछ र खर्चको हिसाबकिताब पारदर्शी गरिनेछ ।

Name of the Bank: Machhapuchhre Bank Ltd, Kathmandu
Account name: Kul Acharya, Keshab Paudel, Janakee Gurung  
Account no:1622524104441915

सधन्यवाद, कुल आचार्य, जानकी गुरुङ

कुल आचार्य र महिला उपाध्यक्ष पदकी उम्मेदवार जानकी गुरुङद्वारा संयुक्त रुपमा पठाईएको निर्देशनमा माछापुछ्रे वैंकको खाता नम्बर १६२२५२४१०४४४१XXX मा सो आर्थिक रकम जम्मा गर्न भनिएको छ । खाता आचार्य, गुरुङ र महासचिवका प्रत्यासी केशव पौडेलको नाममा रहेको सो समूहले जनाएकोछ । सो समूहले उठेको रकमको आर्थिक पारदर्शी रहने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।

स्रोतका अनुसार, सो समूहले उम्मेदवारहरुलाई तोकेरै आर्थिक सहयोग गर्न उर्दी जारी गरेको छ । जस अनुसार उपाध्यक्ष र महासचिव पदमा उम्मेदवारी दिनेको लागि ५०, ५० लाख अनिवार्य गरिएको छ ।

यस्तै सचिव र कोषाध्यक्षको लागी ३० लाख, सहकोषाध्यक्षको लागि २० लाख, युवा तथा महिला संयोजकको लागि १० लाख, क्षेत्रीय संयोजकको लागि ५ लाख, क्षेत्रीय उपसंयोजकको लागि ३ लाख, महिला क्षेत्रीय संयोजक २ लाख र युवा तथा महिला क्षेत्रीय उपसंयोजकको लागि १ लाख रुपैयाँ चन्दा अनिवार्य दिने पर्ने शर्तअघि सारेको छ ।

स्रोतका अनुसार, उपाध्यक्ष पदको लागि उम्मेदवारहरु राज रेग्मी, आरके शर्मा र महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले १, १ करोड रुपैयाँ चन्दा आचार्यलाई बुझाएकाे चर्चा पनि । स्राेत भन्छ, उपाध्यक्षका अर्का प्रत्यासी सुनील शाहले ५० लाख एडभान्स बुझाई सकेका छन् । ५ जना उपाध्यक्षहरु रेग्मी, शर्मा, शाह, त्रिलोक गुरुङ र गणेश केसीले आचार्यको खातामा पैसा जम्मा गरिसकेका छन् । सो समूहले सम्पूर्ण उम्मेदवारसंग आर्थिक संकलन हुन सके १० करोड भन्दा बढी चुनावमा खर्च गर्ने योजना बनाएको चर्चा पनि एनआरएन समूहमा हुने गरेकाे जानकारी प्राप्त भएकाे  छ ।

आचार्य समूहबाट संकलित सो रकम नेपालका राजनीतिक दल र दलका नेताहरुलाई बुझाउने भन्दै आफ्नो समूहलाई बताउँदै आएकाे पनि जानकारी हुन आएकाे छ । कतिपयले आचार्य समूहले गत निर्वाचनमा उम्मेदवार बनेर ठूलो आर्थिक रकम संकलन गरेको आशंका गर्दै आर्थिक पारदर्शिता हुनेमा शंका समेत व्यक्त गने गरेका छन् ?

चन्दा नदिंदा टिमबाटै आउट

संघको फेब्रुअरी अन्तिम साता हुने निर्वाचनमा उम्मेदवार बन्न चाहना राखेका तर आचार्यको माग अनुसार पैसा दिन अनइच्छुकहरुलाई समेत प्यानलबाटै आउट गरिएको गुनासाे रहकेाे छ । सो समूहले नारायण काफ्ले (अष्ट्रेलिया), सुरेन्द्र सिग्देललाई सचिव पदको उम्मेदवार बन्न तीस लाख रुपैयाँ माग गरेको स्राेत बताउछ । तर, उनीहरुले उम्मेदवार 'किनबेच'को बढीबढाउको चक्करमा नफस्ने भन्दै समूहबाटै बाहिने निर्णय गरेका] खबर छ ।

 
  गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा सरकारले हस्तक्षेप गरे पछि रोकिएको निर्वाचन अझै अन्योलमा रहेको छ । संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन पूर्वअध्यक्ष  शेष घलेको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

समितिले अन्तिम निर्णय २०७८ माघ २९ गते शनिवारसम्म दिने अपेक्षा गरिएको छ । अध्यक्ष पदका लागि रविना थापा, डा. बद्री केसी र कुल आचार्य चुनावी मैदानमा देखा परेका छन् ।