🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जापानमा ज्यान गुमाउने नेपालीको संख्या बढ्दै, तीन सातामा पाँचको मृत्यु

जापान । पछिल्लो समय अध्ययन तथा रोजगारीका लागि विदेसिने क्रम निकै बढेको छ । अध्ययन र रोजगारीको लागि रोजाईको मुलुक बनेको जापानमा ज्यान गुमाउने नेपालीको संख्या पनि बढ्दै गइरहेको पछिल्लो तथ्यांकले देखाउँछ । 

जापानको फुकुओकामा विगत ३ वर्षदेखि जापानमा बस्दै आइरहेका गुल्मीका एक २० वर्षीय युवकले २०७९ माघ ८ गते (जनवरी २२, २०२३) आत्महत्या गरेका छन् । विवाह गरेका डेढ वर्ष नबित्दै जापानमा मृत्युको रोजेका मगरले किन यस्तो गरे भन्ने अझै खुलेको छैन । मगरको शव पोष्टमार्टमा लागि प्रहरीले नियन्त्रणमा राखेको छ । घटनाबारे जापानको नेपाली दूतावास र परिवारलाई जानकारी गराइएको छ । 

सन् २०२३ को तेस्रो साता नसकिँदै जापानमा ५ नेपालीले आफ्नो ज्यान गुमाएका हुन् ।