🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपतिविरुद्ध अफवाह फैलाउनेलाई कारवाही गर

राष्ट्रपतिले सरकारसंग १६ करोडको गाडी किन्न माग गरेको अफवाहको खण्डन भएको छ । राष्ट्रपति कार्यालयले खण्डन गरेको छ र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संसदमा यो कुराको खण्डन गर्नुभएको छ । अब पालो आएको छ यस्तो अफवाह फैलाउनेहरूलाई कारवाही गर्ने ।

सामाजिक संजालमा जसले जे पनि लेखेर समाजमा घृणा फैलाउन पाइ“दैन । राष्ट्रपति भन्ने संस्था हामी सबैको साझा हो । यो संस्थाको मर्यादा जोगाउने कर्तव्य हरेक नागरिकको हो । राष्ट्रपति संस्थाको बदनामी गराउन खोज्ने को को हुन् ? सरकारले पत्ता लगाएर अविलम्ब कारवाही गर्नुपर्छ । होइन भने यस्तो भ्रम फैलाएर अरुको पनि चरित्र हत्या गर्न खोजिनेछ । समाजमा घृणा फैलाउनेहरूलाई कसैले पनि प्रोत्साहन नगरौं ।                                              –सरस्वती सुब्बा