राष्ट्रपतिले सरकारसंग १६ करोडको गाडी किन्न माग गरेको अफवाहको खण्डन भएको छ । राष्ट्रपति कार्यालयले खण्डन गरेको छ र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संसदमा यो कुराको खण्डन गर्नुभएको छ । अब पालो आएको छ यस्तो अफवाह फैलाउनेहरूलाई कारवाही गर्ने ।
सामाजिक संजालमा जसले जे पनि लेखेर समाजमा घृणा फैलाउन पाइ“दैन । राष्ट्रपति भन्ने संस्था हामी सबैको साझा हो । यो संस्थाको मर्यादा जोगाउने कर्तव्य हरेक नागरिकको हो । राष्ट्रपति संस्थाको बदनामी गराउन खोज्ने को को हुन् ? सरकारले पत्ता लगाएर अविलम्ब कारवाही गर्नुपर्छ । होइन भने यस्तो भ्रम फैलाएर अरुको पनि चरित्र हत्या गर्न खोजिनेछ । समाजमा घृणा फैलाउनेहरूलाई कसैले पनि प्रोत्साहन नगरौं । –सरस्वती सुब्बा



