🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जीवनधारा :  सहनशीलता 

जातक साहित्यमा बुद्धको एउटा कथा छ । कुनै जन्ममा उनी राँगाका रुपमा जन्मिएका थिए । राँगो भएर जन्मदा पनि बुद्धको स्वभाव अत्यन्त शान्त थियो, त्यसले गर्दा एउटा चकचके बाँदरले उनलाई असाध्यै दुःख दिन्थ्यो । कहिले त्यो बाँदर राँगोरुपी बुद्धको ढाडमा चढ्दथ्यो त कहिले उनको कान तथा जुँगा  तान्दथ्यो र कहिले सिङमा  मच्चिन्थ्यो ।

बाँदरले यसरी दुःख दिंदा पनि बुद्ध भने शान्त भावमा नै रहन्थे । यो कथाको वृत्तान्त सुनेपछि शिष्यहरूले बुद्धसंग सोधे, त्यति हुँदा पनि त्यो दुष्ट तथा चकचके बाँदरलाई तपाईंले किन सजाय दिनुभएन ? तपार्इं त्यसको दास हुनुहुन्थ्यो अथवा त्योसंग डराउनुहुन्थ्यो ?

आफ्ना शिष्यहरूको यस्तो जिज्ञासा सुनेर बोधिसत्वले भने– न त म त्यो बाँदरको दास थिएँ  न त म त्योसंग डराउँथें । मलाई त्यसको दुष्टताको बारेमा पनि राम्रोसंग थाहा थियो र यो पनि थाहा थियो कि आफ्ना तिखा सिङ्ले हानेर म त्यसलाई झड्कामा दण्ड दिन सक्दथें । तथापि म उसका अपराधलाई क्षमा गरिदिन्थें । बलियोले आफूमाथि गरेको अपराधलाई सवैले विवशतावस सहन गर्छन् । तर वास्तविक सहनशीलता भनेको आफूभन्दा निर्वलले गरेको अपराधलाई सहनु हो ।