🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकार महासंघमा उम्मेद्वार नै उम्मेद्वार

काठमाडौं । पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको जिल्ला र प्रदेशको अधिवेशन ०७७ कात्तिक र पुसमा सम्पन्न गरेर माघमा महाधिवेशन गरिँदैछ । ६ दशक लामो इतिहासमा महासंघले यसपटक पहिलोचोटि प्रत्यक्ष निर्वाचन पद्धतिमार्फत नयाँ नेतृत्व चयन गर्दैछ । तोकिएकै मितिमा नेपाल पत्रकार महासंघको निर्वाचन हुने हो भने अबको करिब चार महिनामा महासंघमा नयाँ कार्य समिति आउने पक्का छ । 

कोरोना भाइरस महामारीको रुपमा नफैलिएको भए यति बेला महासंघको केन्द्रदेखि प्रदेश हुँदै जिल्लासम्म नयाँ कार्यसमिति चयन भइसकेको हुन्थ्यो । कोरोनाका कारण समयमा निर्वाचन हुन नसकेपछि महासंघको ३ भदौको भर्चुअल मिटिङले ०७७ फागनु ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ । त्यति बेलासम्मका लागि अहिलेको कार्यसमितिको ६ महिना बोनस समयावधि थप भएको छ ।

निर्वाचन आउन अब ४ महिना बाँकी छँदा पनि कोरोनाकै कारण उम्मेदवारहरूको ठूलो मात्रामा हल्लीखल्ली भने भएको छैन । तर, उम्मेदवारका आकांक्षीहरू भने आ–आफनो ढंगबाट तयारीमा जुटिरहेका छन् ।

यस्ता छन् आकांक्षी

महासंघको नेतृत्वका लागि अहिले सत्तारुढ दल नेकपासँग आस्था राख्ने प्रेस संगठनबाट आकांक्षीहरू आ–आफ्नो ढंगले लागेका छन् । तीर्थ कोइराला, गगन विष्ट, राजेन्द्र अर्याल, ओम शर्मा, गणेश बस्नेत र निर्मला शर्माको नाम अध्यक्षको दाबेदारको रूपमा छ । तीर्थ कोइराला यसअघिको निर्वाचनमा तत्कालीन प्रेस चौतारीबाट उम्मेदवार थिए । प्रेस सेन्टर र प्रेस युनियनको संयुक्त उम्मेदवार तथा हालका महासंघ अध्यक्ष गोविन्द आचार्यसँग उनी पराजित बनेका थिए । यसपटक पनि काेइराला अध्यक्षको आकांक्षी रहेको चर्चा छ । तर, उनले विज्ञापन बोर्डमा नियुक्ति पाउने सम्भावना पनि उत्तिकै छ ।

तत्कालीन प्रेस चौतारीका पूर्व अध्यक्षहरू गगन विष्ट, गणेश बस्नेतले पनि आकांक्षा व्यक्त गरेको जनाइएको छ । त्यस्तै, तत्कालीन प्रेस सेन्टरबाट ओम शर्मा, उजीर मगरलगायतले पनि आ–आफ्नो दावी प्रस्तुत गर्ने सम्भावना छ ।

अर्याल तत्कालीन प्रेस चौतारीका पूर्वअध्यक्ष हुन् । शर्मा भने जनयुद्धबाट उदाएका पत्रकार हुन् । रातोपाटी डटकमका सञ्चालकसमेत रहेका शर्मासँग नेपाल पत्रकार महासंघको सदस्य र महासचिवको अनुभव छ । विष्ट र निर्मला पनि पत्रकारिता, संचारिका समूह र संघरसंघ संगठनमा लामो आबद्धता भएका पत्रकार हुन् । 

सबै संघ÷संगठनको साझा सहमतिमा पुनः एक पटक अध्यक्षको नेतृत्व लिन पत्रकारहरूले आग्रह  गरे पनि दोहोर्याएर  महासंघको नेतृत्वमा दावी नगर्ने  अध्यक्ष गोविन्द आचार्यले साँघुसँग बताए । 

महासचिवमा संगठनका तर्फबाट रोशन पुरी र दीपक पाण्डेले दाबी पेस गर्ने सम्भावना छ । पुरीलाई यसअघि नै संगठनले महासचिवको उम्मेदवार बनाउने दिइसकेकाे बताइन्छ ।  संगठनका तर्फबाट उपाध्यक्षमा धर्मेन्द कर्ण, सूर्यमणि गौतम, लक्ष्मी पुन, संगीता खड्का, मातृका पौडेललगायतले इच्छा देखाएका छन् । उनीहरू मध्ये कतिले अध्यक्ष र कतिले महासचिव पदमा दाबी गर्ने र अन्त्यमा उपाध्यक्ष बन्ने इच्छा भए पनि चित्त बुझाउने चर्चा छ । प्रेस संगठनबाट सचिवमा एक मात्र समाजसेवी युवा पत्रकार हाल केन्द्रीय सदस्य रहेका गोविन्द चौलागाईको चर्चा छ ।  श्रमजीवी पत्रकारकाे पक्षमा खराे ढंगले उभिँदै अाइरहेका जन्मदेव जैशीले पनि सचिवमा दाबेदारी प्रस्तुत गर्ने सम्भावना छ ।  

यता, कांग्रेस निकटको प्रेस युनियनबाट अध्यक्ष पदका लागि पोषण केसी, रमेश विष्ट, अनिता बिन्दू, विपुल पोखरेल, दिलीप थापामगरले आकांक्षा व्यक्त गरेका छन् । महासंघको महासचिव रहिसकेका केसी २ पटक अध्यक्षमा पराजित व्यक्ति हुन् । उनले राजनीतिमा जान इच्छा देखाए पनि अध्यक्ष पाए पुनः एकपटक महासंघमा भिड्ने मनस्थिति बनाएकाे बताइन्छ ।  पोखरेल हाल महासंघकमा उपाध्यक्ष र विष्ट महासचिव हुन् । पोखरेलभन्दा विष्टको सम्भावना बढी रहेकाे बताइन्छ । विष्टको बलियो आधार भनेको संगठन र  माउ कांग्रेसको संस्थापन पक्ष हाे ।  बिन्दु पनि महासंघको पूर्वउपाध्यक्ष हुन् । रामचन्द्र पौडेल पक्ष मानिने उनको दाबेदारी दह्रो रुपमा प्रस्तुत हुने चर्चा छ ।

महासंघको हालको समावेशी उपाध्यक्ष रहेका थापा मगरले पनि अध्यक्षमा दाबी गर्दैछन् । त्यस्तै, श्रमजीवीको पक्षमा खरो रुपमा उत्रिदै आएका हालका सचिव रामप्रसाद दाहालले पनि अध्यक्षमा दाबी गरेका छन् । तर, हालका महासचिव अध्यक्षको रुपमा  प्रस्तुत भएमा उनी महासचिवमा भए पनि चित्त बुझाउन सक्ने बताइएको छ । हालको कोषाध्यक्ष राजेश मिश्रले भने कार्यकारी पद छाडेर उपाध्यक्ष रोज्ने तयारी गरेको पत्रकारहरू बताउँछन् ।