🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पराजयपछि बादलले भने– मतदातालाई धन्यवाद, खिमलाललाई बधाई 

काठमाडौं । बिहीबार भएको राष्ट्रियसभा उप–निर्वाचनमा खिमलाल देवकोटासँग पराजित एमालेका नेता एवं निवर्तमान गृहमन्त्री रामबहादुर थापाले आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । 

मत परिणाम घोषणाको केही समयपछि सामाजिक सञ्जालमार्फत थापाले वाग्मती प्रदेशसभाका सांसद, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई धन्यवाद ज्ञापन गरेका हुन् । 

आफूलाई पछि पार्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल देवकोटालाई पनि उनले बधाई ज्ञापन गरेका छन् । 

यसअघि माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभामा निर्वाचित थापा एमाले प्रवेश गरेसँगै उनलाई सो पार्टीले सांसदसँगै साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो । उक्त रिक्त पदमा बिहीबार एमालेले बादललाई नै उम्मेदवार बनाए पनि उनले जित निकाल्न सकेनन् । प्रतिस्पर्धी खिमलालले ५०८८ मत ल्याउँदा बादल मात्रै ४०१४ मतमा सीमित भए ।