🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानसेनापति भेटघाट र अवलोकनमा व्यस्त 

काठमाडौँ, ४  असार ।  प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाको मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमणक्रममा बिभिन्न भेटघाट र अवलोकन सुरु भएको  छ। 

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा   २०७६ असार ०१ गतेदेखि सप्ताहव्यापी औपचारिक भ्रमणको क्रममा मित्रराष्ट्र चीनको Chengdu, Dujiangyan City को भ्रमण गर्नुका साथै  प्रधानसेनापति पूर्णचन्द्र थापाले  २०७६ असार ०२ गते Western Theatre Commander Gen Zhao Zongqi सँग शिष्टाचार भेटवार्ता गरेका थिए  । असार २ गते  नै  प्रधानसेनापति थापाले Dujiangyan City स्थित विभिन्‍न  पर्यटकीय स्थलहरुको समेत भ्रमण पूरा गरेका थिए। 

भ्रमणकै सिलसिलामा  २०७६ असार ०३ गते प्रधानसेनापति  थापा Chengdu बाट Beijing पुगेर  Beijing स्थित नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा सहभागी भएका छन्   । ‌औपचारिक भ्रमण समाप्त गरीप्रधानसेनापति थापाले  २०७६ असार ०७ गते काठमाण्डौ फर्किने  कार्यक्रम रहेको छ ।