काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको छ । कुल १४ हजार ५३० जनामा गरिएको कोरोना परीक्षणमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
यसस“गै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ जना पुगेको छ । हालसम्म ७७ हजार २७७ जना संक्रमणमुक्त भइसकेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।
त्यसैगरी, काठमाडौं उपत्यकामा २२८३ संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १ हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेसनहरु नगर्न निर्देशनसमेत दिएको छ।



