🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत हुँदैनः मन्त्री पण्डित

विराटनगर, ९  चैत (रासस) : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार कर्मचारीको सेवा र सुविधा वृद्धि गर्न तयार रहेको बताएका छन्   । 

जिल्ला प्रशासन कार्यालय मोरङमा चैत ८ गते  आयोजित जिल्लास्थित कार्यालय प्रमुखको भेलामा पण्डितले भने – कर्मचारीले पहिले आफूलाई खटाएको स्थानमा जानुपर्छ, अनि मात्र सेवा र सुविधा वृद्धि गरिने छ ।” 

मन्त्री पण्डितले कुनै पनि कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत नहुने उल्लेख गर्दै मन्त्री र सचिवकोमा धाउँदैमा समायोजन नरोकिने स्पष्ट पारे । 

प्राविधिक कर्मचारी स्थलगत रुपमा कार्य नगरेकाले आज देशको यस्तो दुर्दशा भएको छ बताउँदै उहाँले कामको क्षेत्रसँग विषय नमिलेका कारण नै आफूले प्राविधिक कर्मचारीलाई प्रशासनमा जाने रोकेको जानकारी पनि दिए। 

मन्त्री पण्डितले भने ''सरकारले निजामती कर्मचारीको तालीम, विदेश अध्ययन भ्रमणअनुसार राज्यलाई प्रतिफल दिनुपर्नेमा जोड दिँदै स्वेच्छिक अवकास अधिकार होइन, सुविधा मात्र हो।''  

जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी सार्वजनिक सेवा प्रवाह गर्न निजामती कर्मचारीलाई आग्रह गर्दै पण्डितले उच्च मनोबलका साथ आफ्नो पदीय जिम्मेवारी वहन गर्न कर्मचारीलाई निर्देशन पनि दिएका छन्। 

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले कर्मचारीले समयमा कार्यालय जाने र तोकिएको पोशाक लगाउन निर्देशन दिँदै बिदाको दिन अनुमति बिना सवारी सञ्चालन गरेमा कारबाही गरिने बताए। 

भेलामा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, स्थानीय निकायका कर्मचारी, सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र सञ्चारकर्मीको सहभागितामा थियो । 
–––