🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘चीन विरोधी गतिविधि विफल हुनेछ’

बेइजिङ, ९  भदौ (रासस/सिन्ह्वा) : यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लि चेनले चीन र अमेरिकाबीचको सम्बन्धमा गम्भीर समस्या देखापरेको बताउनुभएको छ । उहाँले यसको जिम्मेवार सम्पूर्ण रुपमा अमेरिका रहेको पनि दावी गर्नुभयो । 

सोमबारको नियमित पत्रकार सम्मेलनमा उहाँले अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओले हालै दिएको एक अन्तर्वार्ताप्रति लक्षित गर्दै उक्त भनाई राख्नु भएको हो ।

पोम्पेओले अमेरिका र चीनबीच शित युद्ध भैरहेको छ कि भन्ने प्रश्नमा यसको समस्या चिनियाँ कम्युनिष्ट पार्टीले जन्माएको धारणा व्यक्त गर्नु भएको प्रसँगलाई लिएर चीनको उक्त भनाइ आएको हो । 

पत्रकारहरूसँगको नियमित भेटमा प्रवक्ता चाउले भन्नुभयो, “अमेरिकी केही राजनीतिज्ञहरुले एकपक्षीय रुपमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै हिंसात्मक रूपमा चीनको आन्तरिक तथा विदेशी नीतिलाई बदनाम गरेका छन् । जसबाट अमेरिका–चीनबीचको आपसीसम्बन्धमा समस्या आएको छ ।”

उहाँले भन्नुभयो, “सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको लक्ष्य जन गणतन्त्र चीनको महान पुनरुत्थानको सपनालाई साकार तुल्याउने हो । चीनले विश्वको कूल ग्राहस्थ उत्पादन मात्राका लागि लगातार दश वर्षसम्म ३० प्रतिशतभन्दा बढी योगदान गर्दै आएको छ ।”

उहाँले चीनको ‘बेल्ट एण्ड रोड’ प्रस्ताव वर्तमान विश्वले अत्यधिक स्वागत गरेको सबैभन्दा ठूलो परिमाणको आर्थिक सहयोगको कार्यक्रम बनेको बताउनुभयो । 

चीनको विकासबाट डराएका कतिपय शक्तिहरूले चीन र चिनियाँ कम्युनिष्ट पार्टीलाई बदनाम गर्ने गतिविधिबाट चीनको सफलता अभिव्यक्त भएको छ दावी गर्नुभयो ।