🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भियना विश्वकै सबैभन्दा बस्नयोग्य शहर

काठमाडौं । अष्ट्रियाको भियना सहर बस्नका लागि सबैभन्दा योग्य सहरको सूचीको पहिलो नम्बरमा रहेको छ । सन् २०२२ मा पनि भियना नै यो सूचीको पहिलो नम्बरमा रहेको भियना पुन दोस्रो पटक लगातार बस्न योग्य शहरको पहिलो नम्बरमा परेको हो । भियना यसअघि सन् २०१८ र २०१९ मा लगातार दुईवर्ष बस्नयोग्य शहरको सूचीको पहिलो नम्बरमा थियो ।

 इकोनोमिस्ट इन्टेलिजेन्स युनिट ईआईयूले विश्वभर  शिक्षा, स्वास्थ्य, सँस्कृति, पर्यावरण, स्थीरता लगायतका सूचकका आधारमा बस्न योग्य शहरको सूची सार्वजनिक गर्ने गर्दछ। सूचीको दोस्रो नम्बरमा डेनमार्कको कोपनहेगन, तेस्रोमा अष्ट्रेलियाको मेलबर्न र चौथो नम्बरमा अष्ट्रेलियाकै सिड्नी बस्न योग्य शहर बनेका छन् । यसैगरी पाँचौ नम्बरमा क्यानडाको भ्यानकुभर र छैटौंमा स्वीटजरल्याण्डको जुरिच सहर छन् ।

क्यानडाको क्यालगरी, स्वीटरजरल्याण्डको जेनेभा, क्यानडाको टोरन्टो, जापानको ओशाका र न्युजिल्याण्डको अक्ल्याण्ड पनि बस्नयोग्य सहरको सूचीमा उत्कृष्ट दसमा परेका छन् । बस्नयोग्य सहरको सबैभन्दा पुछारमा सिरियाको दमास्कस सहर छ । यसैगरी लिबियाको ट्रिपोली, अल्जेरियाको अल्जियर्स, पाकिस्तानको कराँची, पपुवान्युगिनीको पोर्ट मोर्स्बी, बंगलादेशको ढाका, जिम्बाव्वेको हरारे, युक्रेनको किभ र क्यामरुनको दुआला पनि पुछारका १० सहरको सूचीमा सूचीकृत छन् ।