🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेरूत विस्फोट पछि विदेशी श्रमिकको पीडा, स्वदेश फिर्ताका लागि आग्रह

बेरूत, ९  भदौ (रासस/एएफपी) : लेबनानको राजधानीमा केही हप्ता पहिले भएको विस्फोटका कारण रोजगारी गुमाएका विदेशी कामदारहरूले आफूहरू छिट्टै स्वदेश फिर्ता हुन आग्रह गरेका छन् । 

लेबनानको आर्थिक सङ्कटको सामना गरिरहेका समय कोरोनाभाइरसको महामारी आएको र महामारीसँग जुधिरहेको समय कहालीलाग्दो विस्फोट भएको सम्झँदै आफू स्वदेश फर्किन चाहेको बताउछिन् इथियोपियाली कामदार तारिक केबेदा ।  आफ्नो बेरूतस्थित निवास विस्फोटका कारण भत्किएकोे उनी बताउँछिन् ।  

सानो घर भित्र उनी चारजना साथीहरूसँग साझेदारी गर्थिन् । तर अहिले उनले आफ्नो कोठालाई पत्रिकाले बारेर बस्नु परेको भन्दै पत्रिकाले बारेको झ्यालतर्फ देखाइन् । अगस्ट ४ को विस्फोटले झ्यालका शिसाहरू फुटेपछि उनले यो अवस्थामा बस्नु परेको हो । 

त्यो घरमा बस्ने उनीसहित अन्य साथीहरूले महामारीका कारण पहिले नै आफ्नो जागिर गुमाएका थिए ।  घरेलु कामदार,सुपरमार्केट वा रेस्टुरेन्टहरूमा काम गर्ने तिनीहरूको अब घर पनि जोखिममा छ ।

“म यहाँ सुत्न डराउँछु,” २२ वर्षीया ती युवतीले भनिन् । भित्तामा गहिरो खाडलहरू देखाउँदै उनले भनिन् अब सामान्य हावाले पनि भवन हामी माथि खस्ने जोखिम रहेको छ । 

महिनौंको डलरको अभाव र त्यसपछि कोरोनाभाइरस महामारीपछि लेबनानमा हजारौं विदेशी कामदारहरू फसेका थिए ।

त्यसपछि बेरूतको बन्दरगाहमा विस्फोटन भयो । जसले १८१ भन्दा बढी व्यक्तिको ज्यान लियो, हजारौं घाइते भए र शहरमा हजारौँ घरमा क्षति पुग्यो ।  

केबेदा भन्छिन्, “यो कहालीलाग्दो घटना भएको छ । अब शहर छोड्नु पर्छ तर कसरी हातमा केही छैन ।”

“मलाई लेबनान मन पर्छ, तर म यहाँ बस्न चाहन्न,” उनले बताइन् । “यहाँ कुनै काम छैन । म के खाने, कहाँ बस्ने र कसरी बाँच्ने ?”

केही विदेशी कामदारहरूले उनीहरूलाई सहयोगदाताहरूसम्म पुग्न सम्भव नै नभएको बताउन गरेको पनि उनी सुनाउँछिन् । कराँटीनाको छेउछाउमा बस्ने केबेदाकी छिमेकी हानाले दावी गरिन् “सहायताकर्मीहरूले लेबनानीलाई प्राथमिकता दिन्छन् ।”

उनीहरू विस्फोटपछिको पीडा व्यक्त गर्ने प्रतिनिधि पात्र हुन् । लेबनानमा पुगेका अधिकांश अफ्रिका, अरब तथा एशियाली मुलुकका श्रमिकहरूले घरायासी काम गर्ने गरेका थिए । “अहिले शहर नै विनास भएको छ । कामको ठेगान नै छैन,” एकतीस बर्षीय रोमाने अबेराले बताइन् । 

“मेरो इच्छा छ कि लेबनान पहिले जस्तो होस् । त्यस्तै फिर्ता जान सकियोस् ।” अबेराले भनिन् । उनले इथियोपियामा आफ्नो बच्चालाई छोडेर हालसालै त्यहाँ आएकी थिइन् तर आफ्नो जागिर गुमाएकी छन् ।  

धेरै मुलुकका सयौं हजारौं आप्रवासी कामदारहरूले कम्तिमा दुई लाख ५० हजार घरायसी कामदार तथा अन्य श्रमिकले लेबनानमा कठिन परिश्रम गरेर घरमा पैसा पठाउँथे । तर अहिले अत्यधिक व्यक्तिका अवसर गुमेका छन् ।

उनीहरूको एउटै आवाज रहने गरेको छ हामीहरूलाई घर फर्किने वातावरण मिलाइदिनोस् । तर महामारीका कारण तत्काल यो सहज छैन ।