काठमाडाैं । पूर्व सहसचिव निर्मल हरि अधिकारी राष्ट्रिय बाणिज्य बैंककाे अध्यक्ष पदबाट हटाइएका छन् । राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा उपप्रधानमन्त्री ईश्वर पाेखरेलका सम्धी प्रा डा उपेन्द्र कोइराला नियुक्त हुने भएका छन् । निर्मल हरि अधिकारी अर्थ मन्त्रालयकाे सहसचिवबाट अवकास हुनासाथ राष्ट्रिय बाणिज्य बैंककाे अध्यक्ष बन्न सफल भएका थिए ।
अधिकारीकाे स्थान खाली गर्न २०७७ भदाै १ गतेकाे मन्त्रिपरिषदकाे बैठकले उनलाई राजश्व बाेर्डकाे सदस्यमा नियुक्त गरिएकाे थियाे । साथै सरकारले नेपाल राजस्व परामर्श विकास समिति (राजस्व बोर्ड)को अध्यक्षमा भने पूर्वसचिव महेश दाहाललाई नियुक्त गरेको थियाे ।
मन्त्रिपरिषद्को २०७७ भदाै १ गते सोमबारको बैठकले पूर्वसचिव दाहाललाई बोर्डको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो भने बोर्डको सदस्यमा पूर्वसहसचिव निर्मलहरि अधिकारीलाई नियुक्त गरिएको थियाे ।
अर्थ मन्त्रालयको सहसचिवबाट अवकाश प्राप्त हुनासाथ अधिकारी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त भएका थिए ।
पूर्वसहसचिव निर्मलहरि अधिकारीलाई राजस्व परामर्श विकास समिति (राजस्व बोर्ड)को अध्यक्षमा नियुक्ति दिन्छु भनेर झुक्याएर सदस्यमा नियुक्ति दिइयाे भन्दै गुनासाे गर्दै हिंडेकाे अर्थमन्त्रालय स्राेत बताउछ । आफूले नचिताएकाे बाेर्ड सदस्यमा नियुक्त भएपछि अर्थमन्त्रालयमा रहेर शक्ति र सम्पत्ति आर्जनममा सफल मानिएका पूर्वसहसचिव निर्मलहरि अधिकारी तीनछक परेकाे अर्थमन्त्रालय एकजना उपसचिवले बताए ।



